news and more entertainment

विहान उठेर गर्नुस् हत्केलाको दर्शन दिन नै शुभ हुन्छ

दिनचर्याको शुरुवात जहिले पनि विहान उठेपछि हुन्छ । उठ्ने वित्तिकै हामीले जे गर्छौ त्यसको प्रभाव दिनभरी रहन्छ । यहाँ उठ्ने वित्तिकै गर्नु पर्ने दैनिक संस्कारको चर्चा गरिएको छ ।
palm darsan

हत्केलाको दर्शन
विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ । हरेक मानिस दिनभरी शान्त र प्रसन्न रहन चाहन्छ । यसका लागि हामीले उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्ने गर्‍यो भने दिन शुभ हुने शास्त्रमा उल्लेख छ ।

विहान उठ्ने वित्तिकै पुस्तक हेरे जस्तै गरी हत्केलाको गर्दा दिनभर मन शान्त र प्रसन्न रहने उल्लेख छ ।

कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती।
कर मूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम्॥

अर्थात- मेरो हातको अग्रभागगमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ ।
palm darsan 1
हातको दर्शन गर्दा यो मन्त्र बोल्नु राम्रो मानिन्छः
कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती।
करमूले तू गोविन्दः प्रभाते करदर्शनम ॥

अर्थात- मेरो हातको अग्रभागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा भगवान विष्णुको निवास छ ।
हातको दर्शन गर्दा आफ्नो भाग्यमा नभएर कर्ममा विश्वास गर्नु पर्छ । यसरी हातको दर्शन गर्दा जीवनमा धन, सुख र ज्ञान प्राप्त हुने शास्त्रको भनाइ    छ ।
हातको दर्शन गर्नुको अर्थ हो मेरा हातबाट कुनै पनि खराव काम नहुन् । सबै कल्याणको काम मात्र होस् ।

हातको दर्शन नै किन
हाम्रो संस्कारले सदैव सत्कर्मको सन्देश दिन्छ । र अधिकाँश कर्म हातबाटै गरिन्छ । धर्म, अर्थ, काम र मोक्ष पाउनु पुरुषार्थ मनिन्छ । यी सबैमा हातको भूमिका प्रधान हुने भएका कारण पनि हातको दर्शन गर्न भनिएको हो ।

भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget