news and more entertainment

हिरोइन बन्ने भए म संग रात बिताउ भनेपछी हंगामा

बलिउड होस् या मोडलिङ जगत, कास्टिङ काउचको विषयमा खबरहरु यदाकदा आउने गर्दछन् । एकपटक फेरि दुई मोडलले एक फिल्म निर्मातामाथि यौन शोषणको आरोप लगाएका छन् । 
पुलिसले आरोपी निर्माता चमनलाल देसाईलाई पक्राउ गरेको छ । दुबै मोडलको आरोप अनुसार देसाईले टेलिफिल्ममा रोल दिनका लागि दुबैसँग एक–एक रात बिताउनुपर्ने शर्त लगाएका थिए । यी मोडलहरु मुल रुपमा आसामका हुन् र उनीहरु मुम्बईमा आफ्ना आफन्तहरुसँग बस्दै आएका छन् । पुलिसले आरोपीलाई गत शनिबार कोर्टमा पेश गरेका छन् जहाँ सेप्टेम्बर २६ तारिखसम्म उनलाई न्यायीक हिरासतमा राखिने बताइएको छ । आरोपीले अरु युवतीहरुलाई पनि यौन शोषण गरेको हुनसक्ने आशंका पुलिसले गरेको छ । पुलिसले गरेको प्रारम्भिक अनुसन्धानको आधारमा आरोपीले ती मोडलहरुलाई फेसबुकमार्फत सम्पर्क गरेको देखिएको छ । पुलिसका अनुसार आरोपी निर्माताले उक्त मोडललाई टेलिफिल्ममा रोलको लागि सम्झौतामा हस्ताक्षर गर्न र अग्रिम रकम लिनका लागि गत शुक्रबार एउटा होटलमा बोलाएका थिए । निर्माताले बोलाएको होटलमा आफ्नी अर्की मोडल साथीसँग पुगेकी ती मोडल र उनका साथीलाई निर्माताले यौन सम्बन्ध स्थापित गर्नका लागि दबाब दिएका थिए । जब उनीहरुले यसमा नकारात्मक उत्तर दिए तब ती निर्माता उल्टै उनीहरुमाथि जाइलागे । (एजेन्सी)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget