news and more entertainment

छविको तर्क :-‘डाक्टरले नर्स बिहे गर्छन्, मैले शिल्पालाई किन नहुने ?

उसो त निर्माता छविराज ओझा आफ्नो सिनेमा चलाउन हिरोइनसँगको अफेयरको हल्ला चलाउन सिपालु छन् । चाहे रेखा थापा हुन् या रजनी केसी अथवा अहिलेकी नयाँ हिरोइन शिल्पा पोख्रेल नै किन नहुन् । चलचित्र ‘लज्जा’बाट सिने नगरीमा छविले भित्राएकी शिल्पासँग उनले बिहे गर्ने चर्चाले यतिबेला बजार गर्माएको छ । शिल्पाले आफूलाई प्रपोज गरे हाम फालेर जान्छु भन्दै छविले मिडियामा बोल्न थालेपछि यस बारेमा विभिन्न खालका टिप्पणी सुरु भएका छन् । छविले ‘पर्खिए भन्न सक्दिन’ भन्दै शिल्पाले पनि हरियो बत्ती बालेपछि उनका बारेमा नकारात्मक टिप्पणी गर्नेहरु पनि छन् । चौथो बिहेको तयारीमा लागेका निर्माता छविराज ओझाले यस बिषयमा अनलाइनखबरसँग भने-‘हरेक क्षेत्रमा महिला र पुरुषको आकर्षण हुन्छ । डाक्टरले नर्ससँग, पाइलटले एयर होस्टेजसँग बिहे गरेका छन् । मैले पनि त हिरोइनसँग बिहे गर्ने हो नि ?’ उनले हरिवंश आचार्य, मोतिलाल बोहराको उदाहरण दिदै भने-‘म त अझै पनि बिहे गर्ने उमेरमा नै छु । गर्दा के हुन्छ त ?’ कात्तिक ७ गतेबाट छविको ‘लज्जा’ सार्वजनिक प्रदर्शनमा आउँदैछ । उनले यसका लागि शिल्पालाई हतियार बनाएर चर्चा कमाउन खोजेको भन्नेहरु पनि छन् । भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget