news and more entertainment

मेरो खराब टिप्पणी गर्नेलाई छोड्दिनः कट्रिना

katrina-in-dhoom-3मुम्बई । अभिनेत्री कट्रिना कैफले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा आफ्नो वारेमा नराम्रो टिप्पणी गर्नेलाई नछाड्ने बताएकी छिन् । ‘म मा सहनशीलता त्यति धेरै छैन । त्यसकारण मेरा वारेमा खराब टिप्पणी गर्नेहरुलाई म छोड्दिन ।’ उनले भनिन् ।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बैंग बैंग’को प्रमोशनको अवसरमा पत्रकारसँग कुरा गर्दै उनले आफुलाई सामाजिक सञ्जालमा गरिएको टिप्पणीले दिक्क बनाउने बताएकी छिन् ।
‘मलाई केही भन्नु छ भने यस्तै कार्यक्रममा भन्नुस्, सामाजिक सञ्जाल मार्फत घुमाउरो तरिकाले किन गाली गर्नुपर्‍यो ।’ उनले भनिन् । सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा केही नसोध्ने तर, पछि टिप्पणी गर्ने प्रवृत्ति आफुलाई मन नपर्ने उनको भनाई थियो ।
केही ब्यक्तिले कलाकारको विषयमा हल्का टिप्पणी गरेर उनिहरुको मानमर्दन गरेको अनुभव गरकी कट्रिनाले यस्तो प्रवृत्तिले कसैलाई पनि फाइदा नहुने बताइन् ।

भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget