news and more entertainment

डल्फिनले महिला अनुसन्धानकर्तालाई मन पराएपछि……

एजेन्सी)– के जनावरको मानिससँग प्रेम बस्ने गर्दछ । भावनात्मक प्रेम त जनावरले आफ्नो मालिकलाई त गर्छ नै तर के शारिरिक हिसाबमा पनि जनावरले मानिससँग प्रेम गर्छ त ? एक महिला पशु अनुसन्धानकर्ता र डल्फिनको बीचको निकटता अथवा लगावको एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । ‘द गर्ल हू टक्ड टू डल्फिन’ शीर्षक भएको बीबीसीको नयाँ वृत्तचित्रमा पशु शोधकर्ता मार्गरेट हावे लोवैटले बताइन् कि उनी सन् १९६५ मा नासा द्वारा लगानी गरिएको परिक्षाको दौरान पीटर नामक डल्फिनलाई अंग्रेजी बोल्न सिकाउने काममा अनुबन्धित भइन् । अमेरिकी भर्जिन द्विप समूहमा लोवैटले पीटरसँगै निकै समय dolphin loves teacherबिताउँथिन् जहाँ उनीहरु दुबै जना सँगै खाना खान्थे, नुहाउँथे र सँगै सुत्थे पनि । लोवैट त्यतिबेला २३ वर्षकी थिइन् । डल्फिनसँग कुरा गर्न सजिलो होस् भन्नका लागि उनले आफ्नो कपाल छोटो बनाएर काटेकी पनि थिइन् । उता पिटरले राम्रो तरिकाले अंग्रेजी सिकिरहेको थियो । पीटरसँग लोवैट निकै मस्ती गर्दथिन् । लोवैट पिटरसँग हुँदा निकै रमाइलो मान्ने गर्दथ्यो, जब लोवैट फोनमा कुरा गर्थिन् तब पिटरले अनौठो किसिमको आवाज निकाल्ने गर्दथ्यो । लोवैट अरु कुरामा संलग्न भएको पीटर मन पराउँदैनथ्यो । ‘एनवाई डेली न्यूज’ को एक रिपोर्टले बताए अनुसार पीटरसँग पानीमा खेलिरहेको बेलामा पीटर कामुक हुने कुराdolphin loves teacher1 लोवैटलाई अलि पछि थाहा हुन थाल्यो । लोवैटोलाई उदृत गर्दै उक्त डेली न्यूजले बतायो, ‘पीटरलाई उनको साथ राम्रो लाग्ने गर्दथ्यो । पीटर मेरो घाँटी, हात र खुट्टामाथि सलबलाउने गर्दथ्यो र म उसलाई यसो गर्न दिने गर्दथे । यद्यपी हामीहरुबिच कुनै शारिरिक सम्पर्क भने भएन तर पीटरसँगको यो सम्बन्ध इन्द्रियहरुलाई सुख दिने खालको थियो ।’ पीटरसँगको सम्बन्ध केहि दिनको लागि मात्र थियो । लोवैटोसँग छुटेपछि उनलाई मायमीमा लगियो । मायमी लगिएको केहि दिन पछि नै लोवैटोले खबर पाइन्, ‘पीटरले सास फेर्न नमानेका कारण मृत्यु भयो । ’ बीबीसीमा उक्त वृत्तचित्र असार ३ गते प्रिमियर हुने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget