आयुर्वेद
विज्ञानका अनुसार नियमित दिनचर्या र खान-पानले हाम्रो स्वास्थ्य अवस्थालाई
असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा
खानाका विषयमा ध्यान दिनु जरूरी हुन्छ । यस्तै, खाना खाएपछी हामीले गर्ने
कामका विषयमा पनि सचेत हुनु पर्छ । कुनै काम गर्दा हाम्रो पाचन प्रक्रिया
चाँडो हुन्छ भने कुनै काम गर्दा पाचन प्रक्रिया ढिलो हुने गर्छ । पाचन
प्रक्रियामा ढिलाइ हुँदा हाम्रो स्वास्थ्यलाई बेफाईदा गर्ने गर्छ ।
खाना खाने बित्तिकै गरिने कामले पनि हाम्रो स्वास्थ्यलाई बेफाइदा गर्ने हुनाले त्यस्ता कामहरू खाना खाएपछी नगर्नु नै राम्रो हुन्छ ।
ती के-के काम हुन् जुन खाना खाने बित्तिकै गर्नु हुँदैन थाहा पाऔ...
- सुत्नेः धेरै
मानिसलाइ खाना खाएपछी अल्छि लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन् । तर,
खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खाने
बित्तिकै सुत्ने गर्दा तपाईले खाएको खाना पाचन हुन सक्दैन र यसले शरिरमा
बिकार पैदा गर्छ । साथै मोटोपन पनि बढ्ने गर्छ ।
- नहुाउनेः सही
समयमा खानु र नुहाउनुले शरिरलाई निकै फाइदा ग्रछ तर, खाना खानेबित्तिकै
नुहाउनु भने फाइदाजनक हुँदैन । खाना खानेबित्तिकै नुहाउँदा पेटमा
रक्तसञ्चार तिव्र हुन्छ, र पाचन प्रक्रिया ढिलो हन्छ, जसले शरिरलाई बेफाइदा
गर्छ ।
- पेटी खुकुलो बनाउनेः केही मानिसहरू धेरै खाना खान्छन् र पेटी खुकुलो बनाउने गर्छन् । यसरी पेटी खुकुलो बनाउँदा पनि पाचन प्रक्रिया ढिलो हुने गर्छ ।
- फलफूल खानेः खाना खानेबित्तिकै फलफुल खानु राम्रो मानिदैन । खाना खानेबित्तिकै फलफुल खाँदा ग्याष्टिकको समस्या देखिने गर्छ ।
- हिड्नेः धेरै
मानिसलाई लाग्न सक्छ खाना खाने बित्तिकै कम्तिमा एक सय कदम हिड्नु पर्छ ।
यसले खाएको खाना पचाउन मद्धत गर्छ तर, यो कार्य गलत हो । खाना खानेबित्तिकै
हिड्ने गर्दा खानाको सम्पूर्ण पोषण शरिरले पाउँदैन भने पाचन प्रक्रिया पनि
कमजोर हुन्छ ।
- चिया पिउनेः केही
मानिसलाई खाना खाएपछी चिया पिउने बानी हुन्छ । तर, यो बानी हटाएको राम्रो
हुन्छ। खाना खानेबित्तिकै चिया पिउनु फाइदाजनक मानिदैन । खाना खानेबित्तिकै
चिया पिउँदा पाचन प्रणालीमा असर गर्छ । यसले एसिडिटीको समस्या पनि ल्याउँछ
।
- धुम्रपान गर्नेः खाना
खाने बित्तिकै मानिसहरूको धुम्रपान गर्ने गर्छन् । तर, खाना खाएपछी
धुम्रपान गर्दा स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले क्यान्सरको
सम्भावना समेत बढाउने गर्छ।
Post a Comment