news and more entertainment

जीटीभी टोलीसहित तेरिया नेपालमा, विमानस्थलमा भव्य स्वागत

 
teriya-magar
भारतीय चर्चित च्यानल जीटीभीबाट प्रशारण भैरहेको ‘डीआइडी लिटिल मास्टर्स’को अन्तिम ५ मा छनोट भएकी नेपाली चेली तेरिया फैजा बिहिबार नेपाल आएकी छिन् । उनी अन्तिम ५ मा छनोट हुने निश्चित भएपछि नृत्य छायांकनका लागि जीटीभीको टोलीसहित नेपाल आएकी हुन् । उनको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
उनले नेपाल रहँदा आफ्नो नृत्य प्रस्तुत गर्दै भोट माग्ने छिन् । १४ बर्ष उमेरसम्मका ४ लाख बालबालिकाले भाग लिएको यो प्रतियोगिताबाट छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उनी अन्तिम ५ मा आइपुगेकी हुन् । उनलाई विजयी बनाउन यतिबेला नेपाल र भारतका नेपालीहरु लागिपरेका छन् । यो शोमा सहभागी भएसँगै तेरिया चर्चित भएकी छन् teria-in-yeti-airlines
मुम्बइबाट उनी काठमाण्डौ हुँदै भैरहवा विमानस्थलमा पुग्नेछिन् । उनलाई गौतमबुद्ध बिमानस्थलमा भव्य स्वागत समेत गरिनेछ । भैरहवाबाट बुटवल हुँदै उनको जन्म गाउँ रुद्रपुर पुग्दासम्म उनको स्वागतको सबै गतिविधी छायांकन हुनेछ ।
यसैले पनि स्थानियहरुको सहभागी उच्च हुने अपेक्षा गरिएको छ । ४ महिनादेखि जारी यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने असार १ गते हुनेछ । तेरियाले गतबर्ष काठमाण्डौमा आयोजना भएको राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम भई एक लाख नगद जितेकी थिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget