news and more entertainment

म सिंगल छु : नरगिस


मुम्बई : बलिउडकी अभिनेत्री नरगिस फाखरीले आफू सिंगल भएको बताएकी छन्। सञ्‍चारमाध्यममा अभिनेता उदय चोपडासँग उनको सम्बन्ध घनिष्ठ रहेको चर्चा चलिरहेका बेला उनले यस्तो दाबी गरेकी हुन्। उदय चोपडाले हालै ट्विटरमा नरगिसको तस्बिरसँग आफ्नो तस्बिर सेयर गरेकोबारे नरगिसले उनी मिजासिलो व्यक्ति भएकाले अरूसँग रमाइलो गर्न मन पराउने तर्क गरेकी छन्।
उदयले आफ्नोबारेमा गरेको ट्विटका बारेमा सञ्‍चारमाध्यममा पढेपछि हाँसो लागेको नरगिसले बताइन्। उदयले आफूलाई जिस्क्याउनमात्र ट्विटमा फोटो सेयर गरेको उनको भनाइ छ। यसले आफूलाई कुनै असर नगर्ने पनि उनले स्पष्ट पारेकी छन्। चार वर्षअघि 'रकस्टार' चलचित्रबाट बलिउडमा पाइला टेकेकी नरगिसको नाम रकस्टार नायक रणवीर कपुरसँग पनि जोडिएको थियो। -एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget