news and more entertainment

नायिकाले भनिन्, ‘कहिलेकाँही जवानी देखाउँन मन लाग्छ क्या’

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको १३ औं वार्षीक साधारणसभामा चलचित्र कलाकारहरुको बाक्लो उपस्थिति थियो ।

चलचित्रकर्मीहरुलाई सम्मान समेत गर्न आयोजित कार्यक्रममा अघिकांश कलाकारहरु औपचारिक ड्रेसमा उपस्थित भएका थिए ।

तर नायिका सुमिना घिमिरे भने वान पिस खुल्ला ड्रेसमा उपस्थित भएर सबैलाई आश्चर्यमा मात्र पारिनन् उनी सबै कलाकारहरुको पछिपछि लागेर हिडिन् ।

संस्थाकी सदस्य समेत रहेकी नायिका घिमिरेको ड्रेस हेरेर सायदै कमले मात्रै नाक नखुम्च्याएका होलान् ।

उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहेको कार्यक्रममा सुमिनाबाहेकका सबै कार्यसमिति सदस्य भने औपचारिक ड्रेसमा नै उपस्थित भएका थिए । ड्रेसको बारेमा पत्रकारले राखेको जिज्ञासामा भने उनले अनौठो जवाफ दिइन् ।

सायद यस्तो जवाफको अपेक्षा पत्रकारहरुले गरेका थिएनन् । वान पिसमा आएकी नायिका घिमिरेलाई पत्रकारले ड्रेस त गज्जबको छ नी ? भन्ने प्रश्नमा उनले हाँस्दै भनिन्, ‘कहिलेकाही जवानी देखाउन मन लाग्छ क्या’ भनेर ठट्यौलो जवाफ दिइन् ।

via nepalsandesh.com

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget