news and more entertainment

अध्यक्ष पुष्पकमल दाहाल सगँ एप्पलको आइफोन ४ ओटा

काठमाडौं । मोबाइल आममानिसको दैनिकी बनिसकेको छ । मानिसका दैनिक क्रियाकलापलाई मोवाइल फोनमा भएका फिचरहरुले सहज बनाइदिएका छन् । उठेदेखि नसुत्दासम्म मोवाइल मानिसहरुको आवश्यकता बन्दै गएको छ । सामान्य मानिसहरुभन्दा व्यस्त दैनिक हुने राजनीतिक दलका नेताहरुका लागि त झन मोवाइल अत्यावश्यक बस्तु नै हो ।
नेताहरु कस्तो मोवाइल बोक्छन् त आजको कारोबारमा समाचार छ । प्रधानमन्त्री सुशील कोइरालाको सम्पत्ति भनेको उनको साथमा रहेको ३ वटा मोवाइल हुन् । उनीसँग ३ वटा नोकिया ब्रान्डका मोवाइल छ । २ वटा चालु अवस्थामा र एउटा विग्रिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एप्पल ब्रान्डको आइफोन ४ बोक्छन् ।
एमाले अध्यक्ष केपी ओली साममुङ एस फोर बोक्छन् । बाबुराभ भट्टराई एप्पलको आइफोन ५ चलाउँछन् । गृहमन्त्री वामदेव गौतम एप्पलको आइफोन ५ एस बोक्छन् । कांग्रेस नेता गगन थापा एप्पलको आइफोन ५ एस बोक्छन् । कांग्रेस नेता शेरबहादुर देउवा मोबाइल बोक्दैनन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget