news and more entertainment

नयाँ दिल्लीमा इबोलाका एकजना सङ्क्रमित विरामी भेटिए

११ भदौं, नयाँ दिल्ली ।
भारतको राजधानी नयाँ दिल्लीमा इबोलाका एकजना सङ्क्रमित विरामी भेटिएको जनाइएको छ । भारतीय स्वास्थ्य अधिकारीहरूले ती व्यक्तिमा इबोला भाइरसको सङ्क्रमण भएको सङ्का लागेपछि उपचारको प्रक्रिया सुरु भएको जनाएका छन् ।

मंगलबार राति अफ्रिकाका विभिन्न देशबाट करिब १०० जना भारतीय नागरिक आएका र उनीहरूमा स्वास्थ्य जाँचगर्दा एकजनामा सो सङ्क्रमणको आशांका गरिएको बताइएको छ ।

मंगलबार राति भारत आएका १०० जना भारतीय नागरिकमध्ये मुम्बईमा ७० र नयाँ दिल्लीमा १७ जनालाई स्वास्थ्य जाँच गरिएको थियो । तीमध्ये एक जनामा आशंका लागेपछि अस्पताल पु–याइएको छ । विदेशी तथा भारत फर्किने भारतीयहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलहरूमा विशेष किसीमको स्वास्थ्य जाँचसेवा सुरु गरिएको छ ।

यसका अतिरिक्त दिल्ली विमानस्थलमा महिला र बालबालिकासहित कम्तीमा पनि छ जनालाई आशङ्का लागि स्वास्थ्य जाँचमा राखिएको तर पछि उनीहरूमा इबोलाको सङ्क्रमण नपाइएको बताइएको छ ।

मध्य अफ्रिकी मुलुकहरूमा यसको सङ्क्रमण बढ्दो मात्रामा रहेको छ । सबैभन्दा बढी प्रभावित देश लाइबेरियामा मात्र कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । अफ्रिकी देशहरूका यात्रुलाई विभिन्न देशले विमानस्थलमै स्वास्थ्य जाँचकेन्द्र राखी उपचार सुरु गरिएको छ । सिन्ह्वा
 भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget