news and more entertainment

अण्डरवल्डको धम्किपछि शाहरुखलाई विशेष सुरक्षा


मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानका ब्यबसायीक साझेदार अली मोरानीलाई अण्डरवल्डले धम्कि दिएपछि मुम्बई प्रहरीले शाहरुखको सुरक्षामा विशेष सर्तकता अपनाएको छ ।अण्डरवल्ड ग्याङका रबि पुजारीले हालै अलि मोरानीलाई फोन गरेर फिरौती माग्नुका साथै धम्कि दिएका थिए । 

फोनवाट फिरौति मागेपछि शनिवार मोरानीको जुहुस्थित घर अगाडी अज्ञात समुहले पाँच राउण्ड फायरिङ समेत गरेको थियो । प्रहरीले मोरानीलाई हतास बनाउन अण्डरवल्डकै समूहले फायरिङ गरेको अनुमान गरेको छ ।

मुम्बई प्रहरीले अण्डरवल्डले मोरानीसंगै शाहरुखलाई पनि निशाना बनाउन सक्ने भन्दै उनको सुरक्षामा विषेश सतर्कता अपनाएको जनाएको छ । सो समुहले यसअघि पनि केही फिल्म निर्मातासंग फिरौति असुल गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget