news and more entertainment

आँसुले बगायो तीज !

सुर्खेत,भदौ १२–घरभरि छोरी–ज्वाइँ र नातिनातिना । बिहानदेखि साँझसम्म दर खुवाउँदै व्यस्त । बरु ऋण किन नलागोस्,लोकल कुखुराको मासु,खाने–पिउनले व्यवस्था । साँझ ढल्केपछि आँगनमा तीजको छुट्टै रौनक ।
विगतका यी तीज ६५ वर्षीया देविसरा कामीका लागि अब सम्झनामा सीमित भएका छन् ।
चार छोरीकी आमा उनी तीजको बेला आफुलाई निकै सम्पन्न ठान्थिन् । बिहेवारी गरेर आ–आफ्नो घर गएका उनीहरु माइत फर्कदा घर भरिभराउ हुन्थ्यो । ‘अब त छोरी चेलीहरुलाई बोलाउ भने पनि घर नै छैन,के को तीज मान्नु ।’ विरेन्द्रनगरस्थित जनउमाबिमा आश्रय लिएर बसेकी उनले भनिन्,‘बुढेसकालमा आएर यसपटकको तीजले पाप बोकायो । ’ खोर्के खोलाको सबै घर जग्गा बाढीले बगाएपछि विस्थापित भएर बस्नुपरेको उनले बताइन् ।
दुई साताअघि बाढीले घरबारबिहीन बनाएपछि देबीसराजस्ता थुप्रै महिलाको तीज खल्लो भएको छ । बुधबार बिहान नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर उपशाखाले विस्थापित क्याम्पमा गएर दर खुवाउँदा उनीहरुले आफ्नो पीडा आँखामा रोक्न सकेनन् ।
खोलाको ढिकमै बस्नुपरे पनि खगीसरा शाही तीजका बेला दुई छोरीलाई एकसरो नयाँ कपडा फेरिदिन्थिन् । । स्कुले दुई छोरी शान्ति र बसन्ती नयाँ कपडा पाउँदा निकै फुर्किन्थे । आफु पनि तीजमा माइत जान्थिन् । यसपटकको तीज भने उनको जीवनका लागि निकै पीडादायी भएको छ ।
‘बरु विस्थापित भएर खानबस्न नपाउँदा यति ठुलो पिडा भएको थिएन्,’ चिसापानीको नेरा निमाविमा बसेकी उनले भनिन्,‘कालले लगेन,भेलमा पस्न सकिएन ,यस्तै दुःख हुन लेखेको रहेछ ।’छोराछोरी र आफुले अरुले दिएको कपडा लगाएर दिन काटिरहेका बेला तीजका नाममा नयाँ किन्नु सपनामात्र भएको उनले बताइन्,आजको नागरिक दैनिकमा खबर छ ।

                                                            भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget