news and more entertainment

साहरुख खानको घरमा गोली चल्यो

बलिउडका सुपरस्टार नायक साहरुख खानको घर बाहिर मुम्बई प्रहरीले सुरक्षा बढाएको छ ।
साहरुखको घर बाहिर सुरक्षा बढाउनुको मुख्य कारण एक निर्माताको घरमा गोली चल्नु हो । फिल्म निर्माता करिम मोरानीको घरमा शनिबार गोली चलेको थियो । यस लगतै साहरुखको घर बाहिर सुरक्षाकर्मी तैनाथ गरिएको भारतीय चर्चित संचारमाध्यमहरुले जनाएका छन् । मोरानीको घर साहरुख निवास ‘मन्नत’ नजिकै पर्छ । यसकारण पनि उनको घरमा पनि हमला हुने आशंकमा प्रहरीले सुरक्षाकर्मी बढाएको हो । अन्डरवल्र्ड ग्याङस्टार रवि पुजारीले मोरानीसँग रकम मागेका थिए । यसलगतै उनको घरबाहिर ५ राउन्ड फायरिङ गरिएको थियो । प्रहरीको भनाई अनुसार अबको अर्को हमला साहरुख खानको घरमा हुनसक्छ । साहरुख र करिम विजनेश पार्टनर समेत हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget