news and more entertainment

आप्रवासी कामदारका पत्नीलाई यौन शिक्षा

११ भदौ, पाल्पा । खानीछाप-३ की रैना दर्लामीले परिवारनियोजन, एचआइभी/एड्स तथा यौन रोगका बारेमा खुलेर कुरा गर्छिन् । उनका श्रीमान वैदेशिक रोजगारको शिलशिलामा विदेशबाट फर्किनुभन्दा दश दिनअघि दर्लामीले परिवार नियोजनको तीनमहिने अस्थायी साधन डिपो सुई लगाइन् ।पति स्वदेश फर्किनु भन्दा दश दिनअघि रैनाले डिपो मात्रै लगाइनन्, उनका श्रीमानलाई स्वदेश फर्किएलगत्तै स्वास्थ्य परीक्षणका लागि उनलाई स्वास्थ्य संस्थामा लिएर गइन् । ‘श्रीमान विदेशबाट आएपछि कण्डोम प्रयोग गर्न लगाएँ’, रैनाले भनिन्- ‘विदेशबाट विभिन्न रोगहरु ल्याएको हुन सक्ने आशंकामा श्रीमानलाई स्वास्थ्य संस्था लगेर चेकजाँच गराएकी हुँ ।’

श्रीमानलाई स्वास्थ्य जाँच गराउन आग्रह गर्दा उनले अप्ठ्यारो मानेपछि रैनाले पतिलाई स्वास्थ्य संवेदनाबारे सचेत गराइन् । ‘पहिले स्वास्थ्य परीक्षण गरेर आउँ भन्दा श्रीमान रिसाए’, उनले भनिन्-’जुनसुकै कारणले पनि विभिन्न रोग सर्न सक्ने भन्दै सम्झाएपछि पति राजी भए ।’त्यस्तै पाल्पा बन्दीपोखरा-६ की लक्ष्मी कार्कीका पति पनि वैदेशिक रोजगारका सिलासिलामा विदेश गएका रहेछन् । उनी विदेशबाट फर्किएपछि लक्ष्मीले पनि आफ्नो पतिलाई स्वास्थ्य परीक्षण गराउन भन्दै सदरमुकाम तानसेन ल्याइन् ।

पति स्वदेश फर्किएपछि लक्ष्मीले कण्डम विना यौनसम्पर्क राख्न मानिनन् । ‘श्रीमान स्वदेश फर्किएपछि श्रीमानको स्वास्थ्य परीक्षण नगर्दासम्म हामीले कण्डम प्रयोग गर्ने गरेका थियौं’, लक्ष्मीले भनिन्-’श्रीमानको स्वास्थ्य जाँच गरेपछि हामी ढुक्क भयौं ।’पाल्पाका रैना र लक्ष्मीजस्ता थुप्रै महिलाहरु आफ्ना श्रीमानसँग मात्र होइन, जोसुकैलाई पनि आफूले जानेको यौन शिक्षाको कुरा गर्न हिच्किचाउँदैनन् ।

आप्रवासी कामदारका परिवारलाई नै लक्षित गर्दै स्थानीय एक एनजीओले प्रोजेक्ट सञ्चालन गरी कुनै पनि यौनरोग चेकजाँच गर्ने प्रविधिसहितको स्वास्थ्य क्लिनिकसमेत सञ्चालन गरेको छ ।सदरमुकाम तानसेनसहित पालुङ्मैनादी र बन्दीपोखरामा स्वाथ्य चेकजाँचको प्रविधियुक्त क्लिनिक सञ्चालन गरिएको प्रोजेक्टका संयोजक शंकरप्रसाद अधिकारीले बताए ।पैसा कमाउन विदेश गएका युवाहरु लहलहैमा लागेर विभिन्न क्षेत्रमा फस्ने र लहलहैमा लाग्दा जोखिम बढ्ने भएकाले आप्रवासी कामदारहरु विदेशबाट आइसकेपछि परिवारलाई रोग सर्न नदिनका लागि सचेतना दिने काम गरिएको उनले बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget