news and more entertainment

नायिका झरना फेरि अर्कैको अंगालोमा !

काठमाडौं । पछिल्लो समयमा सेलिब्रेटीहरुको बैबाहिक जीवन निकै छोटो बन्दै गएको छ । कतिपयको विवाह अगाडि नै कतिपयको विवाह गरेको केहीवर्षमा नै सम्बन्ध टुट्ने गरेको हामीसँग प्रसस्तै उदाहरणहरु छन् ।

बलिउड र हलिउडमा सम्बन्ध गाँसिनु र तोडिनु सामान्य जस्तै भएपनि कलिउड अर्थात नेपाली फिल्मी क्षेत्रमा भने त्यसको खासै गुञ्जायस थिएन । तर पछिल्लो समयमा यहाँ पनि यस्ता घटनाहरु बढ्न थालेका छन् ।

केही समय अघि बैबाहिक जीवनबाट छुट्टिएका निर्माता छवि ओझा र नायिका रेखा थापा अहिलेसम्म पनि सामाजिक सञ्जालमा एक अर्काको उच्छित्तो काढ्न पछि पर्दैनन् ।

यस्तै एक पटक विदेशी नागरिक संग इन्गेजमेन्ट गरेर विवाहमा परिणत नहुदै सम्बन्ध तोडेकी अभिनेत्री झरना बज्राचार्य यतिबेला फेरि अर्का विदेशीसँग प्रेममा परेको गाइगुई चल्न थालेको छ ।

चलचित्र ‘सेफ ल्याण्डिङ’ का निर्माता राहुल अग्रवाल र अभिनेत्री झरनाबीच प्रेम झाँगिएको र फिल्म सार्वजनिक भएसँगै यी दुईको प्रेम पनि सार्वजनिक भएको हो । पुख्र्योली थलो भारत भएका राहुल मलेसियन नागरिक हुन् । हालै मलेसियामा भएको उक्त फिल्मको प्रिमियरमा यी दुईको प्रेम पनि ‘प्रिमियर’ बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget