news and more entertainment

स्वप्नदोष संबन्धी महत्वपूर्ण जानकारी: थाहा पाइराखौ

राती निदाएको समयमा वीर्यपात हुनुलाई स्वप्नदोष भनिन्छ । स्वप्नदोषलाई नाइटफल, नाइट डिस्चार्ज पनि भनिन्छ । जब पुरुषको यौनांगले पुर्ण रुपमा कार्य गर्न थाल्छ, सेक्स ग्रन्थीले स्राब छोड्न थाल्छ । जब अण्डकोष चाहिनेभन्दा बढी स्राब जम्मा हुन्छ, त्यसपछि स्वप्नदोषद्वारा लिंगको माध्यमद्वारा बाहिर निस्कन्छ । पहिलोपटक स्वप्नदोष भएको व्यक्ति डराउन सक्छ । आफूलाई कुनै रोग लागेको सम्झन सक्छ । सधैं एकलै रहन मन पराउन थाल्छ । कतिपय अवस्थामा आफूलाई नामर्द पनि ठान्न सक्छ ।

तर, स्वप्नदोष एकप्रकारको यौनसंबन्धी क्रिया हो । युवाअवस्थाको सुरुवातीअवस्था र किशोर अवस्थाको अन्तिम अवस्थामा यस्तो स्वप्नदोष देखिन सक्छ । कयौं पुरुषलाई पनि स्वप्नदोष निरन्तर हुन सक्छ ।
युवाअवस्था तथा किशोरावस्थामा मानिसको दिमागमा सेक्ससंबन्धी कामबासना जागृत हुन थाल्छ । जब उ सुत्छ, राती दिनभरको स्मरण हुन थाल्छ या कुनै कल्पनामा डुब्न थाल्छ । उसले सपनामा कुनै महिलासंग सम्भोग गरेको सपना देख्न थाल्छ । फलस्वरुप लिंग उत्तेजित भएर वीर्य निस्कन्छ । स्वप्नदोष हुँदा मानिस आफूलाई नै अपराधी ठान्नु ठीक होइन । किनकि वीर्य निक्लदैंमा शरीरलाई कुनै नोक्सान हुँदैंन ।
स्वप्नदोषको कारण : धेरै कामुक फिल्म हेर्नु, उत्तेजक चित्र हेर्नु, कुनै महिलासंग सम्भोग गर्ने कल्पनागर्नु, अश्लील कुरामा ध्यान दिनु आदि स्वप्नदोषका कारण बन्न सक्छन् । सुत्नुअघि रातीअबेरसम्म कुनै युवतीका बारेमा सोच्दा राती त्यही युवतीका साथ सम्भोग गरेको, युवतीसंग जिस्किएको जस्ता सपना देख्दा स्वप्नदोष हुन्छ । यस्तै, राती अबेरसम्म अनिदो रहनु, पेट भर्नेगरी खाना खाएर तत्काल सुत्नु, सुत्नुअघि पिसाब नगर्नु, पिसाब गर्ने मन लाग्दालाग्दै पनि पिसाब नगर्नुजस्ता कारणले स्वप्नदोष हुन सक्छ । सूर्तिखैनी, गाँजा, भाङ, चरेश आदिको अधिक सेवन, अमिलो, नपच्ने पदार्थ, तेल, चिनी, खुर्सानी, अचार, लसुन, प्याजजस्ता खाद्य पदार्थ खानाले पनि स्वप्नदोष बढाउछ ।
स्वप्नदोषको समस्याले ग्रस्त पुरुषमा आँखाकम देख्नु, कमजोरी महसुस हुनु, स्मरणशक्ति कम हुनु, कुनै पनि काम गर्न मन नलाग्नु, कब्जियतको समस्या आइरहनु, एक्लै बस्न मन लाग्नु, लिंगमा निलो नसा देखापर्नु, अधिक पसिना आउनु तथा सधैं मनमा हिन भावना मनमा आउनुजस्ता लक्षण देखा पर्न सक्छन् । यस्ता समस्या निराकरणका लागि मुख्यतः मानिसले संयम राख्नु जरुरी हुन्छ । जति औषधि खाएपनि, जतिसुकै डाक्टरकहाँ गएपनि सोच सही छैन भने स्वप्नदोषको समस्या हट्दैन ।
घरेलु चिकित्सा : धनी र मिश्री बराबर मिसाएर बनाइएको चूर्णलाई ५ ग्राम लिएर ताजा ठण्डा पानीका साथ बिहान दैनिक एक सातासम्म प्रयोग गर्नाले स्वप्नदोष समाप्त हुन्छ, पिसाब नलीमा पीडा हुने, सुन्निने आदि रोगबाट मुक्ति मिल्छ ।
लसुन  : एक पोटी लसुन राती सुत्ने बेलामा चपाएर खानुपर्छ । यसपछि तुरुन्त केही पनि खानु हुदैंन । निरन्तर खानाले स्वप्नदोषको समस्या हल हुन्छ ।
त्रिफला :  हर्रो, बर्रो र अमला मिसाएर बनाइएको त्रिफला र जौ लाइ राती भिजाएर राखिदिनुहोस् । बिहान यसमा केही मह मिसाएर खानुहोस् । यसबाट पनि समस्या हट्छ ।
गाईको दुध : लगभग आधा लिटर गाइको दुधमा तीनवटा छोकडा मिलाएर त्यसमा मिश्री राखेर राखेर राम्ररी पकाउनुहोस् । जब दुध आाधा रहन्छ, छोकडा निकालेर छोकडा खानुहोस् र दुध पिउनुहोस् । यसप्रकार केहीदिनसम्मदुध सेवन गर्नाले स्वप्नदोष रयसबाट हुने समस्या हटाउन मद्दत गर्छ ।
केरा : ३–४ थोपा असली महमा पाकेको केरा बिहान सूर्योदयभन्दा पहिलो खानाले स्वप्नदोष र अनेक वीर्यसंबन्धी रोग समाप्त हुन्छ र वीर्य अधिकमात्रामा गाढा हुन्छ ।
गुलाबको फुल : ताजा गुलाबको फुलको ५–६ पत्तामा मिश्री मिसाएर बिहान र बेलुकी चपाएर खानुहोस् । गाइको दुध पिउनुस् । दिनहु सेवन गर्नाले स्वप्नदोषसंबनधीसमस्या हल हुन्छ ।
फेसबुक लाइक गर्न यहाँ क्लिक गर्नुहोस्
स्वप्नदोषसंबन्धी महत्वपूर्ण जानकारी 
राती सुत्ने बेलामा हातखुट्टा, लिंगलाई चिसो पानीले धुनुहोस् ।
राती सुत्ने बेलामा बढी टाइट अण्डरवेयर लगानउनुहुन्न ।
सुत्नुअघि हमेशा दुई तीन घण्टापहिले खाना खानुपर्छ ।
सुत्नुअघि तातो दुध, चिया, कफी सेवन नगर्नुहोस् । यसको साटो सुत्नुअघि एक गिलास चिसो पानी पिउनुपर्छ ।
राती अबेरसम्म अनिदो बस्नु हुन्न, राती चाँडै सुत्ने र सूर्योदयअघि उठ्नुपर्छ ।
राती सुत्ने बेलामा अश्लिल फिल्म हेर्नु या रोमान्टिक पुस्तक पढ्नुहुन्न ।
मनलाई हमेशा शान्त राख्नुपर्छ, मनलाई प्राणायाम, ध्यान, योग आदिमा लगाउनुपर्छ ।
सुर्योदयअघि मर्निङ वाक गर्ने या केह व्यायाम गर्नुपर्छ ।
मसालेदार खाना धेरै खानुहुन्न ।
Source: स्वास्थ्थ खबर पत्रिका
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget