news and more entertainment

कटवालको आत्मकथाले गर्यो चमत्कार, दुई सातामै २५ हजार !!


पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथा पुस्तक सार्वजनिक गरेको दिन साउन २९ गतेयता २५ हजार प्रति वितरण भइसकेको छ । दुई सातामै यति धेरै पुस्तक विक्री भएको पब्लिकेशन नेपालयको यो पहिलो अनुभव हो ।
‘सुरुमा १० हजार प्रति छपाइका निम्ति अर्डर गरेकोमा सार्वजनिक भएलगत्तैको वातावरण हेरेर भोलिपल्टै पुनःमुद्रणमा जानुपर्‍यो,’ पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्के भन्छिन्, ‘आत्मकथाका बारेमा केही उल्लेख्य व्यक्तित्वको प्रतिक्रिया समेटेर दोस्रो संस्करण समेत बजारमा वितरण भइसकेको छ ।’
पत्रपत्रिकामा छापिएका विभिन्न प्रतिक्रियाबाहेक संविधानविद् निलाम्बर आचार्यले ट्वीट गर्दै लेखेका थिए, ‘उथलपुथलकारी समय र एक निष्ठावान सेनापतिको सार्वजनिक खुलासा। एक असामान्य पुस्तक– रुकमाङ्गद कटवाल, आत्मकथा।’
पुस्तकले नेपालको राजनीतिक संक्रमणकालका बहुचर्चित प्रधानसेनापतिको भोगाइमार्फत समकालीन इतिहासको महत्वपूर्ण घटनाक्रम र त्यसका पात्रहरुको भित्री कथा समेटेको छ। पुस्तक वितरणको जिम्मेवारी लिने एजुकेसन बुक हाउस पनि यो आत्मकथाको अत्यधिक माँग थेग्न गाह्रो परिरहेको बताउँछ।
‘पाठकहरुको ओइरो लाग्दा सुरुका केहि दिन त समस्यै परेको थियो,’ हाउसका रमण चटौत भन्छन्, ‘थोक स्टक न्यून राखेर भए पनि अधिकतम पसलमा वितरण व्यवस्था मिलाएका छौं।’
कटवालको आत्मकथालाई इन्टरनेट मार्फत् पनि बिक्री वितरणको व्यवस्था मिलाइएको छ। मुलुकभित्र र बाहिर यसरी विक्री वितरण गर्दैआएको मुन्चा हाउसका अनुसार कुनै पनि पुस्तकमा पाठकहरुले देखाएको यस्तो रुचि यो अभूतपूर्व हो।
मुन्चा हाउसका प्रमुख अमृतमान तुलाधर भन्छन्, ‘इन्टरनेटबाटै व्यापार गर्ने हाम्रो व्यावसायको १५ वर्षे इतिहासमा यति धेरै पुस्तकको माग भएको यो पहिलो पटक हो।’ पुस्तकको माग राजधानी मात्र नभई मुलुकभर उत्तिकै देखिन्छ।
भनेजति पुस्तक नपाएको छटपटी सुनाउने धनगढीस्थित चौलानी पुस्तक भण्डारका मालिक तिलक साउदको अनुभवले पनि यसको चित्रण गर्छ।
‘मैले वरपरका नौवटा जिल्लालाई पुस्तकको थोक विक्री वितरण गर्दैआएको छु,’ साउद भन्छन्, ‘कटवालको आत्मकथा जति बिक्ला भनेर सोचिएको थियो त्योभन्दा असाध्यै धेरै माग भएपछि हातमा परेका सबै पुस्तक आफ्नै पसलमा मात्रै बेच्नुपरेको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget