news and more entertainment

दशैं मनाउन घर फर्कन लागेको छोरो साउदी अरबबाटै बेपत्ता घरमा रुवाबासी !!

१० भदौ, काठमाडौं । यो दशैं घरमा मनाउने सन्देश दिएर देश फर्कने तयारीमा रहेका एक युवा वेपत्ता हुँदा उनको घरमा रुवाबासी चलेको छ । दशैं मनाउने गरी घर फर्किने सुरसारमा रहेका  चितवनको रत्ननगर-६ का २६ वर्षीय सोमप्रसाद सिलवाल ३१ साउनबाट साउदी अरबबाटै बेपत्ता भएका हुन् ।
घर फर्कन लागेका भाइ साउदीको रियादबाट बेपत्ता भएपछि उनको खोजीका लागि दाजु नवराजसहित परिवारका सदस्य काठमाडौंमा भौतारिइरहेका छन् ।Som Silwa
‘दशैँमा घर फर्कन लागेको भाइ बेखबर भएपछि खोजीमा जुटेका छौँ, अधिकारकर्मी, सरकारी निकाय र सञ्चारकर्मीसँग हारगुहार माग्दा पनि पत्ता लागेको छैन,’ परराष्ट्र मन्त्रालयमा भाइ हराएको रिपोर्ट मंगलबार दर्ता गर्दै नवराजले भने, ‘साथीकहाँ जान्छु भनेर हिँडेको भाइको अत्तोपत्तो छैन, साथीहरुले पनि खोजिरहेका छन्, कसैले फेला पारेरनन् ।’
उनी १३ असोज ०६९ मा साउदी अरबको अल मजाल अल अरबी ग्रुपमा सवारी चालकको काम गर्न पुगेका थिए । दुई वर्ष काम गरेपछि दशैँमा घर आउन सामान समेत पोको पारेका उनी साथी भेट्न गएदेखि बेखबर भएका थिए । उनी हराएको खबर साउदीमा रहेका उनका साथी विकास घिमिरेले गराएका थिए ।
‘सम्भव सबै साथीभाइकहाँ खोजियो फेला पार्न सकिएन,’ घिमिरेले भने, ‘कोठामा उनका सामान घर र्फकन प्याक भएका छन्, उनी एकाएक हराएपछि चिन्तित छौँ ।’
सिलवाल परिवारका तीनमध्ये दुई छोरा विदेशमै छन् । यो दशैँमा सबै छोरासँग भेट हुने आशमा खुशी भएका सिलवालका आमाबाबु कान्छो छोरो हराएको खबरले विक्षिप्त छन् । आमा अजिता र बाबु चुडामणि छोराको खबर आउने आशमा दिनरात बिताउँदैछन् ।
कान्छो छोरो साउदीमा हराएपछि सिलवाल परिवारको भोक निद्रा हराएको छ । भाइसँग घर फर्कने सल्लाह गरेका उनका माहिला दाजु रामकृष्ण १८ भदौमा नेपाल आउँदैछन् ।
भाइ हराएको निवेदन परराष्ट्रमा दिएपछि दाजु नवराज भाइको खोजीमा साथ दिन सञ्चारकर्मीसँग अपिल गरेका छन् । बेपत्ता सोमप्रसादको फेसबुक वालमा उनका साथीहरुले चिन्ता प्रकट गर्दै सम्पर्कमा आउन आग्रह गरेका छन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget