news and more entertainment

अब ‘बेश्या’ बन्न पुरुष चाहिँदैन ?

कक्षा एकाएक सुनसान हुन्छ । अनुहारहरु केही मलिन देखिन्छन । सबैको मनमा आफ्नै तर्क विर्तक घुमिरहेका छन । अंग्रेजी साहित्यका ख्यातीप्राप्त साहित्यकार टि एस इलियटको विश्वप्रसिद्ध कविता द वेष्टल्याण्ड पढाई भइरहेको थियो । अहिलेको आधुनिक विश्वको वास्तविक चित्रण गरिएको उक्त कविता वास्तवमै लोकप्रिय छ । यसलाई सबैले आफ्नै तरिकाबाट व्याख्या र विश्लेषण गर्छन । 
हुनपनि कविताको भाव आफ्नै हुन्छ । ब्रिग्रिरहेको समाज र कसरी सुधार्ने भन्ने सन्देश दिएको कविता हामी पढिरहेका थियौ । दिउँसोको समय, अलि चर्को घाँम तैपनि निकै रोचक मानेर सबैले आफ्नो ध्यान केन्द्रित गरिरहेका थिए । त्यहाँ कुनै पात्र थिई जसले आफ्नै छोरीलाई यौनकार्यमा संलग्न हुन तयार पार्दै थि । यो सन्दर्भ निकै मार्मिक छ । सबै सहभागी एकाएक यो सिनलाई लिएर कता कता हराएजस्तो लाग्दै थियो । हुन पनि एउटी आमाले आफ्नी छोरीलाई बेश्यावृत्तिमा लगाउनु यो सानो कुरा होइन । सबैलाई कस्ती खालकी आमा भन्ने मन मनै त भइरहेको थियो तर ओकल्न सकिरहेका थिएनन ।

यो आधुनिक समाजमा यस्ता पात्र धेरै छन जो वास्तविक बाहिरी समाजमा कमै देखिन्छन । हामी सबैले यो सिनलाई सकारात्मक ढंगबाट लियौ । कुनैपनि आमाले जानी जानी आफ्नै सन्तानलाई देहव्यापारमा कहिल्यै लगाउन सक्दैन तर यी महिलाको आफ्नै कहालीलाग्दो जीवन हुनुपर्छ त्यही भएर उनले यो कदम उठाएको हुनुपर्छ । यसैक्रममा हाम्रा शिक्षक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका उपप्रध्यापक हरिहर ज्ञवालीले प्रश्न गर्नुभयो के कुनै महिला बेश्या हुन पूरुष चाहिदैन ? महिला एक्लै बेश्या हुन सक्छिन ? यो प्रश्न वास्तवमै गम्भिर छ । वास्तविकता यही होकी कुनै पनि महिला एक्लै देहव्यापारी हुन सक्दिनन ।

यसकार्यमा लाग्न धेरै पुरुषहरुको जरुरी हुन्छ । के यी पुरुषहरु चाहीँ बेश्या होइनन ? जो धेरै महिलासँग यौनसम्बन्ध राख्दै हिड्छ ऊ चाहिँ बेश्या पुरुष होइन ? किन महिलाले धेरै पुरुषसँग सम्बन्ध राख्दा उ बेश्या हुन्छे भने त्यही पुरुष दिनै महिला फेर्दै हिड्छ भने उ पनि बेश्या नै हो । तर हाम्रो समाजले पुरुषलाई बेश्या भन्दैन । यौनकार्यमा संलग्न महिला पुरुष दुवै प्रहरीको हातमा परे भने महिलामात्र दोषी हुन्छे के त्यसोभए त्यो पुरुषले चाहीँ सजाय पाउनु पर्दैन ? त्यही होटलमा भेटिएकी महिला बेश्या हुन्छे, मिडियाका लागि उ मसलादार समाचार बन्छे, समाजमा उ छि छि र दुरदुरकी पात्र हुन्छे अनि त्यो दिनै केटी फर्दै हिड्ने पुरुष चाहीँ सच्चा भएर त्यही समाजमा सम्मानका साथ हिडिरहेको हुन्छ । धेरै पुरुषसँग रात विताउने महिला बेश्या हुन्छे भने धेरै महिलासँग रात बिताउने पुरुषपनि पक्कै बेश्या हुन्छ । त्यसकारण यो समाजले यस्ता महिलालाई मात्र होइन पुरुषलाई पनि औला ठर्याउन सक्नुपर्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget