news and more entertainment

खुस्बुको परिवारद्वारा पत्रकारलाई धम्की पत्रकार महासंघले गर्यो कारबाहीको माग !!

काठमाडौं, भदौ ११ – पछिल्लो समय निकै चर्चामा रहेकी खुस्वु ओलीले प्रकाशित समाचारको विषयलाई लिएर ‘दृष्टि साप्ताहिक’ का प्रधानसम्पादक शम्भु श्रेष्ठ र ‘अनलाईन दैनिक’ का सम्पादक गणेश पाण्डेलाई टेलिफोनबाट आक्रमणको धम्की दिएकी छिन् ।
भादौ १० गते मोडल खुश्बु ओलीको विषयमा दृष्टि साप्ताहिकमा समाचार प्रकाशित भएको र सो समाचारलाई पत्रकार पाण्डेले अनलाईनमा राखेको भन्दै खुश्बुका पिता श्याम ओलीले सम्पादकद्वयलाई आक्रमणको धम्की दिएका दिए । धम्कीपछि पीडितले नेपाल पत्रकार महासंघलाई जानकारी गराएका छन् । यस विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रकाशित समाचारप्रति असहमति वा गुनासो भए त्यसको उपचार खोज्ने मार्गप्रशस्त हुँदाहुँदै पत्रकारलाई आक्रमणको धम्की दिनु प्रेसविरोधी कार्य भएको महासंघले जनाएको छ ।
‘महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आघात पु¥याउने यस किसिमको धम्कीको भत्र्सना गर्दछ । धम्की दिनेलाई तत्काल कारबाही गरेर पत्रकारलाई निर्वाध र निर्भीक प्रेस स्वतन्त्रताको उपभोगको वातारण निर्माण गर्न महासंघ सरकारसँग माग गर्दछ’, महासंघद्वारा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ  भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget