news and more entertainment

खुस्बुले पैसा थुतेर खाने पीडितहरु को को रहेछन् त ? थाहा पाइराखौ

काठमाडौ भदौ १४ – दिनेश अधिकारी उर्फ चरीको इन्काउन्टरपछि उनको भन्दा बढी चर्चा खुश्वु ओलीको हुन थालेको छ र सँगसँगै नयाँ–नयाँ कुरा पनि बाहिर आउन थालेको छ । चरी मारिएकै भोलीपल्टदेखि चर्चामा आउन खुश्वुले विभिन्न ‘स्टन्ट’ हरु अपनाए ताकि चरी इन्काउन्टरमा आफ्नो नाम नमुछियोस् । खुश्वु ओली पहिलादेखि नै यस्तो चलाख थिइन् । झापाकी सामान्य घरपरिवारकी ओली काठमाडौमा आएर कसरी धनाढ्य भइन् यसको खोजविन रातोपाटीले गरेको छ । 
ओली समान्य मोडल र समाजिक सेवामा लागेको उनको अरु कुनै आम्दानी थिएन । बुवा श्याम ओली पनि विद्युत प्राधिकरणको समान्य कर्मचारी । तर काठमाडौंमा ओलीको सान देख्दा जो कोही पनि छक्क पर्थे । र, त्यसैको फाइदा उठाउँदै उनले विभिन्न व्यक्तिसँग ठग्ने पेसा अपनाए । कुनै व्यपारीसँग पैसा माग्दा उनले आफू बस्ने घरलाई देखाउँथिन् र भन्थिन् यो मेरै घर हो । तर, त्यो घर कसैसँग महँगो भाडामा लिएका थिए, जसको भाडा उनका पूर्व प्रेमी अर्पण कोइरालाले व्यहोर्ने गर्थे । खुश्वु ओलीलाई बेलायतको क्याम्ब्रिजसम्म पुर्याउने उनै अर्पण कोइराला हुन्, जो व्यापारको सिलसिलामा बेलायत आउने जाने गर्थे । एसी कन्सल्टेन्सीको सहयोगमा बलायत पढ्न पुगेका खुश्वु उता पनि आफ्नो रुपको जादु चलाएको कुरा अर्पणले नै स्वीकार गरेका छन् । बेलायतमा पढ्न बसेकी खुश्वुले अर्पणलाई पनि भाउ दिन छाडेकी थिइन् तर मस्ती गर्थिन् अर्पणकै पैसामा । अर्पणले खुश्वुकै लागि त्यहाँ घर पनि खरिद गरे । त्यही घरमा श्रीमान् श्रीमती जस्तै बस्दै थिए दुवैजना । बेलायतमा खुश्वु र अर्पणसँगै बसेपनि उनको मन अर्कैतिर थियो, त्यो कुराले अर्पण निकै तनावमा थिए । खुश्वकै कारण दुर्वश्यन छाडेका अर्पण नेपाल आएर फेरि दुव्र्यसनीमा लागेका थिए । अर्पण चाहन्थे कि कतिखेर खुश्वुको पढाई सिध्योस् र उनी नेपाल फर्कियोस् । उच्च शिक्षा हासिल गरेर नेपाल फर्केपछि खुश्वुको खुट्टा भूइँमा रहेन र उनको डिमाण्ड अझै बढेर आयो । त्यहीबेला अर्पण र खुश्वु समाजीक संस्थामा काम गर्न थाले । खुश्वुको लागि अर्पणको खर्च दोब्बर बढेर गयो । त्यसका लागि अर्पणले विजुली बजारको आफ्नो घर समेत बेचे । तर श्याम ओली त्यो मान्न तयार छैन्, उनी भन्छन् आफ्नो छोरीको शिक्षा दिक्षाका लागि किर्तिपुरको घर बेचेको छु । तर वास्तविकता भने अर्कै थियो । अर्पणले जति पैसा दिएपनि पुग्दैन्थ्यो खुश्वुलाई । अर्पण निकट स्रोतले भन्यो, खुस्बुको ठूला ठूला व्यपारीसँग उनको संगत भएको थियो र त्यसमा साथ दिन्थे अर्पण र श्याम ओलीले पनि । खुश्वुले कुनै व्यापारीबाट पैसा उठाउँदा अर्पणले कहिले नाई भनेन कारण थियो अर्पणले आफ्नो डुवेको पैसा उठाउनु । स्रोतका अनुसार खुश्वुले अनिल शाहदेखि लिएर सुरेश साहसम्मलाई लुटेका छन् । यति बेलासम्म अर्पण भने सडकमा आइसकेका थिए । खुश्वु भने बजारबाट पैसा उठाइरहिन् । बजारबाट कसैको एकलाख कसैबाट पाँच लाख, कसैबाट २० लाखसम्मको रकम लिएका छन् । अहिले ती व्यपारीहरु बदनामीको डरले बोल्न चाहेका छैनन् । आफूलाई सडकमा ल्याएर खुश्वुले ट्रयाक चेन्ज गरेको थाहा पाएर अर्पण भारत गएर बस्न थाले । खुश्वुलाई सम्पर्क गर्न पनि छाडे । अर्पणले छाडेर हिँडिसकेपछि खुश्वुलाई काठमाडौमा बाँच्न गाह्रो भयो । अर्पणले दिने स्रोत बन्द भयो र बजारबाट उठाएको रकम व्यपारीहरुले खुश्वुसँग माग्न थाले । सापटी भनेर लिएको सो रकम दाताहरुले माग्न थालेपछि अर्पणकै संगतमा चिनजान भएको चरीसँग खुश्वुले हिमचिम बढाइन् । रुपको लोभी चरी पनि खुश्वुको मायाजालमा फँस्दै गए । त्यसपछि खुश्वुसँग पैसा माग्नेहरुलाई चरीले थार्काउन मात्र थालेन थप पैसा दे समेत भन्न थाले । बजारबाट आउने जति सबै रकम खुश्वुका लागी खर्च गर्न थाले । र, साथमा मौजमस्ती पनि । केही पहिले अर्पणलाई ज्वाई मानिसकेका श्याम ओली चरीलाई देखेपछि कुनै अपसोच मानेनन् । कारण थियो, छोरीको कारण बुवा ओलीको पनि सान बढेकै बढे थियो । कर्मचारीबाट रिटायर्ड भएर प्राधिकारणमा ठेक्क पट्टाका काम गर्न थालेका श्याम ओली चरीबाट पनि आफ्नो धन्दामा सहयोग लिन थाले । क्यासिनोको कमाईबाट आफ्नो सानो बा सुरेन्द्र घिमिरेको नाममा जग्गा किनेर घर बनाउन लागेका जग्गा समेत बेचेर खुश्वुलाई दिएका थिए चरीले । आफ्नो बा घिमिरेको नाममा राखेको जग्गा जवर्जस्ती माधव थापाको श्रीमतीको नाममा पास गरी ३० लाख रुपियाँ लिएर खुश्वुलाई क्यास नै बुझाएका थिए चरीले । यस विषयमा घिमिरेलाई सम्पर्क गर्दा उनले फोनमा यस्ता कुराहरु नगर्ने भोली भेटेर कुरा गरौ भनि फोन काट दिए । चरी खुश्वुसँग विहे गर्ने पक्षमा थिएनन् तर खुश्वु चाहन्थे चरीसँग छिट्टै विहे होस् । खुश्वु पारिवारीक स्रोतका अनुसार चरी र खुश्वुबीच पटक पटक विहेको कुरा छिनिएको थियो तर चरीले कुनै नकुनै बाहाना बनाएर पन्छिरहन्थे । एकपटक त चारीले त घरमा कोही वितेको बहाना बनाएर विहेको कार्यक्रम रोकेका थिए । चरीले अर्कै केटीलाई मन पराएको कारण खुश्वुलाई प्रयोग मात्र गर्थे । (source: ratopati)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget