news and more entertainment

वरुणसँग रोमान्स नगरेको नर्गिस दावी

मुम्बई । वरुण धवन र अभिनेत्री एवं नायिका नर्गिस फाखरीविच रोमान्स सुरु भएको भनेर केही भारतीय मिडियाले समाचार लेखेपछि नर्गिस रुष्ट भएकी छिन् ।
‘मै तेरा हिरो’ मा उनिहरुले संगै काम गरेका छन् भने, सोही फिल्ममा काम गर्ने क्रममा उनिहरुको रोमान्स सुरु भएको हल्ला चलेको थियो बलिउडमा ।
मुम्बईमा सुरु भएको एक फेशन शोको क्रममा मिडिया  सामु प्रस्तुत भएकी नार्गिसले आफुले अहिलेसम्म कोहीसँग पनि रोमान्स नगरेको दाबी गरिन् ‘अहिलेसम्म म केबल आफूलाई प्रेम गर्छु । म बाहेक मेरो अर्को प्रेमी छैन ।’ उनले भनिन् ।
साथै उनले मिडियाकर्मीलाई समाचार लेख्नु अघि समाचार पुष्टि गर्न पनि आग्रह गरिन् । ‘मेरो अनुरोध छ तपाईहरु समाचार लेख्नु अघि विषयबस्तुलाई राम्ररी बुझ्नुस् ।’ उनले भनिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget