news and more entertainment

कोहिनूरले तहल्का मच्चायो र रेकर्ड राख्यो तर अब्बल चलचित्र चाहिँ होइन....

श्रीकृष्ण श्रेष्ठ र श्वेता अभिनित चलचित्र कोहिनूर कमाइको हिसाबले सर्वाधिक कमाउने चलचित्र बन्यो । अहिले यो चलचित्र प्रदर्शनको तेश्रो सातामा छ । तर हलमा दर्शकको ओइरो कति पनि घटेको छैन । हलहरुमा ठेमलठेल, मारामार उस्तै छ । हलमा बाल्कोनीको टिकट काटेर स्पेशलमा उभिएर हेर्नेहरु उत्तिकै छन् ।


दर्शकको यो भीड हेर्दा सजिलै भन्न सकिन्छा-कि यो चलचित्र अझै केही हप्ता चल्नेछ । “भदौ महिनाभर चल्न सक्छ”, नारायणगढ़का हल सञ्चालक मुक्तिलाल पियाले भने, “नेपाली चलचित्रलाई यति धेरै माया गरेको पाएको थिइनँ ।” उनले लामो समय चलेका चलचित्रका दर्शक संख्याभन्दा १६ दिनसम्ममै कोहिनूरकै बढी भइसकेको बताउनुभयो ।

तर कोहिनूर चलचित्र हेरेर फर्कनेहरू भन्छन-कोहिनूर त्यस्तो अब्बल चलचित्र चाहिँ होइन रहेछ । अर्थात् यो पनि उही रोनाधोना,केहि फाइट र केहि गीत सहितको फर्मुला चलचित्र नै हो । बेलाबेलामा आउने फाइट,गीत समान ग्यापमै छन् । आमाले गर्ने छोरामाथिको माया, नायकले पछार्ने दशौं जना खलनायकहरु उस्तै छन् । शम्भुजित बास्कोटाको संगीत उस्तै नै छन् । जति दर्शक आएका छन्-श्रीलाई हेर्न आएका हुन् ।

कोहिनूरमा के छ ?

अभिषेक खरेल ‘बाबु’ उर्फ श्रीकृष्ण श्रेष्ठ मध्यम परिवारका शिक्षित युवक हो । पढाइ सकेरपनि उसको जागिर छैन । काम जे गर्नपनि सक्छ । अवसर छैन । समाजका अनेक विकृतिमध्ये मानव तस्करीमा संलग्न सञ्जालले मूल सडकमै प्रहरी इन्सपेक्टरको हत्या गर्छ । प्रत्यक्षदर्शी अभिषेक र उनका साथीहरु हत्याराको पिछा गरी नियन्त्रणमा लिन्छन् ।

मानव तस्करीका जालोले राजनीतिक नेता, प्रहरीदेखि पत्रकारसम्मलाई जेलेको हुन्छ । तिनले मेनपावरमार्फत इजरायल पठाउने भनेर भारतको मुम्बई पु¥याई नेपाली नारी बेच्छन् ‘कोठी’मा ।

अदृश्यरुपमा यसमा राज्यका निकायहरुको संलग्नता हुन्छ । देशमा कहलिएका नेता ‘साधुराम’ उर्फ मुकुन्द श्रेष्ठ मानव तस्करीका मुख्य नाइके हुन्छन् । उनको अण्डरमा काठमाडौंका जिल्ला प्रहरी प्रमुख एसएसपी सम्राट सापकोटा तस्करीलाई नै बढावा दिन्छन् । साधुरामको प्रत्यक्ष संलग्नता देखिदैन ।

 तर, अदृश्यरुपमा मुख्य चालक उनी नै हुन्छन् । अभिषेकले आफ्नोविरुद्ध अभियान चलाउने डरले साधुरामले चाल खेल्छ । जागिरको आवश्यकता खड्किएका अभिषेकलाई कुशल नेता कहलिएका साधुरामले जागिर लगाइदिन्छ । उनको काम हुन्छ, इजरायल जाने नेपाली युवतीलाई भारतको मुम्बइसम्म पुर्याउने । जागिर दिएर साधुराम अभिषेकलाई फसाउन खोज्छन् । अभिषेक त्यसलाई बुझ्दैनन् ।

मुम्बइ पुगेपछि उनी यस्तो कोठीमा पुग्छन्, जहाँ कोहिनूर (स्वेता खड्का) लगायत नेपाली महिला नरकीय जीवन बिताइरहेका हुन्छन् । जब उनले आफैले लगेका युवतीहरु पनि मुम्बइमा बेचिएको भेट्छन् अनि बल्लन थाहा पाउँछन् जागिरको नाममा मानव तस्करले आफूलाई पनि तस्करीको मतियार बनाइरहेको । मुम्बइका मनकारी प्रहरी इन्सपेक्टर राठौरको सहयोगमा उनले कोहिनूरलगायत सबै नेपाली युवतीलाई नरकीय कोठीबाट भगाउन सफल हुन्छन् ।

तर, राजनीतिक शक्तिको आडमा अभिषेकमाथि अन्याय गरिन्छ । नेपाल र भारत प्रहरीमा उनीमाथि मानव तस्करको उजुरी हालिन्छ । बेचिएर नेपाल फर्केकी युवतीको हत्या गरेर साधुरामकै सञ्जालले अभिषेकलाई नै हत्यारा आरोप लगाउँछ ।

 कोहिनूरलाई पनि ‘तिमीलाई बेच्ने यही हो’ भनेर अभिषेकप्रति नकारात्मक दृष्टिकोण विकास गराउँछ । कोहिनूरले पनि आफूलाई बेच्ने व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिन्छिन् । त्यतिमात्रै होइन, भारत फोन गरेर अभिषेकलाई मार्न खटाउँछिन् । मारें भन्ने खबर पनि आउँछ । तर, मर्ने अभिषेक नभएर अरु कोही हुन्छ । घरमा भने अभिषेक मरेको खबर कोहिनूरले नै पुर्याउछिन् । मुम्बइ प्रहरीकै सहयोगमा अभिषेक घर फर्किन्छ ।

नेपालमा तीव्र खोजीमा रहेका अभिषेकलाई साधुराम आफैले मार्न मान्छे खटाउँछन्, तैपनि बाँच्छन् । प्रहरीकै गलत एसएसपीले उनलाई खोज्छ, कोहिनूरलाई मार्न खोज्छ सफल हुँदैन । मरेको खबर पाएका बाआमा एक्कासी घर पुग्दा अचम्मित हुन्छन् । कोहिनूरलाई अभिषेकले सबै कुरा भन्छन् । अनि उनीहरु मानव तस्करीको जालो तोडिछाड्ने प्रणका साथ काम गर्छन् । उनीहरुको योजनाले काम गर्छ । अभिषेक निर्दोष र साधुरमको सञ्जाल दोषी भएको प्रमाणित गर्न सफल हुन्छन् उनीहरु ।

अहिले सर्वाधिक चर्चामा रहेको नेपाली चलचित्र ‘कोहिनूर’ ले समेटेको कथा हो यो । नेपाली चेली भारतीय कोठीमा बेचिएको कथा नेपाली चलचित्रहरुमा यसअघिपनि नउठाइएका होइनन् । तर, कोहिनूरमा उठाइएको यो कथाले बहुसंख्यक नेपालीलाई हलसम्म तानिरहेको छ ।

श्रीकृष्णको होम प्रोडक्सन ‘कहाँ भेटिएला’ हिट भएपछि आएको कोहिनूरपनि चल्ने आँकलन धेरैले गरेका थिए । तर, यत्तिको होइन । यो सबै श्रीकृष्णप्रतिको श्रद्धा, माया र सद्भावले गर्दा नै भएको हो । नेपाली चलचित्रमा न यस्तो कहिल्यै देखिएको थियो, न त आगामी दिनमै हुनेछ । कामना गरौं कोहिनूरले ५१ दिनपनि मनाउनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget