news and more entertainment

साइ बाबाको मूर्ती सबै मन्दिरबाट हटाइनेछ


नयाँ दिल्ली– भारतमा साइ बाबामाथि चलेको विवाद केहि दिनका लागि शान्त भएपनि एकपटक फेरी यसले अर्को विवाद खडा गरिदिएको छ ।
धर्म संसदमा साइलाई भगवान, सन्त र गुरु मानिँदैन । यसै क्रममा काशी विद्वत परिषदका संरक्षक शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीले परिषदको निर्णयलाई नै अन्तिम निर्णय भएको बताएका छन् ।
शंकराचार्यका अनुसार अब मन्दिरमा साईको पूजा हुनेछैन र भविष्यमा कसैले पनि साइको नामको मन्दिर स्थापना गर्ने छैनन् ।
धर्म संसदमा आएको प्रस्तावमाथि काशी विद्वत परिषदले यो निर्णय सुनाएका हुन् । सम्बन्धित परिषद् भन्छ, ‘साइलाई भगवान भन्नु शास्त्र सम्मत हुँदैन । उनलाई भगवान, गुरु र सन्त भन्न मिल्दैन । ’
यद्यपी थुप्रै मानिसहरुले साइलाई भगवानको अवतार मान्ने गरेका छन् । (एजेन्सी)

 भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget