news and more entertainment

सुमिना र गरिमालाई ‘रंग बैजनी’मा शम्भुले यस कारण बनाए हिरोइन

फिल्मीबजार,२०७१ भाद्र १२ बिहिबार,काठमाण्डौ ।
हिन्दु नारिहरुको महान चाड हरितालिका तीजको अवसरमा बिहिबार निर्देशक शम्भु प्रधानको नुतन स्टुडियोमा फिल्म ‘रंग बैजनी’को प्रेस मिट गरे । तीज संग सम्बन्धित फिल्म भएकाले पनि तीजकै दिन कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा निर्देशक शम्भु प्रधानले फिल्मका दुइ हिरोइन सुमिना घिमिरे र गरिमा पन्तलाई लिनुको कारण खोले । प्रधानको छोरा र छोरी दुवै अमेरिकामा फिल्म निर्देशन पढ्दै छन् । निर्देशक बुवाको चाहना छोरी इश्वरीलाई आफु दशक पछी चलचित्र निर्देशनमा फर्किएकाले उनलाई हिरोइन बनाउने चाहना थियो तर उनको चाहना छोरीले पुरा गर्न सकिनन् । छोरी इश्वरीले फिल्म नखेल्ने भए पछी नै शम्भुले सुमिना र गरिमालाई लिएको बताए । तर छोरीले बुवालाई निर्देशनमा सहयोग गरेकी छिन् । यो फिल्ममा सुमिना र गरिमा सहित मोडल दिक्पाल कार्की मुख्य भूमिकामा देखा पर्ने भएका छन् । पुराना निर्देशक संग काम गर्न पाउदा कलाकारले खुसि ब्यक्त गरे । फिल्मको रिलिज मिति भने तय गरिएको छैन



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget