news and more entertainment

दिल्लीमा १६ वर्षीय किशोरीमाथि सामुहिक बलात्कार

१३ भदौ, एजेन्सी ।भारतको राजधानी दिल्लीमा १६ वर्षकी किशोरीलाई पाँच युवाले सामुहिक बलात्कार गरेका छन् । चक्कु देखाएर धम्काउँदै ती किशोरीको बलात्कार गरेका हुन् । दिल्लीको मधु बिहार क्षेत्रमा किशोरीलाई बलात्कार गर्ने तीन आरोपीलाई प्रहरीले पक्राउ गरेको छ भने दुई फरार छन् ।

 ती पाँच मध्ये दुई नाबालिग छन् । प्रहरीका अनुसार पीडिता बुधबार साँझ करिब साढे छ बजे आफ्नो साथीसँग भेट्नका लागि पार्कमा पुगेकी थिइन् । पार्कमा पुगेपछि उनले साथीलाई भेटिन् र अर्को एक केटा पनि उनीसँगै आएका थिए । केही बेरपछि अन्य तीन युवकहरू पनि आए । किशोरीले ती चारै जनालाई चिन्दैनथिन् । किशोरीलाई आफू कुनै संकटमा फसिसकेको शंका गर्न थालिन् । 

उनले त्यहाँबाट जाने निर्णय गरिन्, तर उसकी साथीले उनलाई फर्किन दिइनन् । यसपछि पाँच युवकले चक्कु देखाएर मंडावली रेल्वे लाइनको सुनसान स्थानमा लगे । पाँच आरोपीले त्यहाँ किशोरीको बलात्कार गरे र उनलाई कसैलाई नभन्नु भन्दै धम्क्याए । किशोरीले घर आएर आफ्ना आमाबाबुलाई घटनाबारे जानकारी दिइन् । यसपछि पीडिताका पिताले एफआइआर दर्ता गरे । किशोरीलाई लालबहादुर शास्त्री अस्पतालमा परिक्षण गरिएको थियो । प्रहरीले पाँच आरोपी विरूद्धमा मुद्दा दर्ता गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget