news and more entertainment

आमालाई नरुन भन्दै प्रेममा परेका दिदी–भाइद्धारा आत्महत्या

एजेन्सी । भारतमा प्रेममा परेका दिदी–भाइले बिष सेवन गरेर एउटै ओछ्यानमा आत्महत्या गरेका छन् ।

भारतको इन्डोरस्थित हरदगाउँका २० वर्षीया दिदी मोनाक्षी र १९ वर्षीय भाइ रोहितले इन्डोरको चौराहेस्थित एक होटलमा विष सेवन गरेर आत्महत्या गरेको इन्डोर प्रहरीले जनाएको छ ।

आपसमा प्रेम गर्ने दिदी भाइले आफ्नो
प्रेम सफल नहुने देखेपछि आत्महत्या गरेका हुन् । १५ दिन अघि घर छोडेर बेपत्ता भएका दिदीभाइको खोजीको लागि परिवारले प्रहरीमा खवर गरेपनि बिहीबार उनीहरुलाई मृत अवस्थामा भेटिएको हो ।

बिहीबार चौराहेस्थित होटल स्काइमा उनीहरुलाइृ मृत अवस्थामा भेटेको प्रहरीले जनाएको छ । केही दिन देखि सो होटलमा बस्दै आएका उनीहरु बिहीबार साँढे १२ बजेसम्म नउठेपछि कोठा फोरेर हेर्दा ओछ्यानमा एक अर्कालाई आँगालोमा बेरेर मृत अवस्थामा भेटिएका थिए ।

उनीहरुको साथबाट २० पृष्ठ लामो सुसाइट नोट भेटिएको प्रहरीले जनाएको छ । सुसाइट नोटमा उनीहरुले परिवारका सदस्यहरुलाई छुट्टा छुट्टै सम्बोधन गरेका छन् भने सबैसँग माफी मागेका छन् ।

सुसाइट नोटमा उनीहरुले आफ्नोे प्रेम कहानी पनि लेखेका छन् । बाबुआमा रोगी भएको र सधै आफूहरुको चिन्ता लिने गरेको भन्दै उनीहरुले आमाबाबुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै नियमित औषधि खान आग्रह गरेका छन् ।

दुबैले संयूक्तरुपमा लेखेको सुसाइट नोटमा आमालाई सम्बोधन गर्दै आफूहरुलाई सम्झेर नरुन आग्रह गरेका छन् भने सपनामा आफूहरु सधै भेट्न आउने भनेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget