news and more entertainment

इराकमा फेरि टाउको काटी हत्या

काठमाडौं, भाद्र १२ । आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले इराकमा एक कुर्दिस नागरिकको शीर छेदन गरेको भिडियो सार्वजनिक गरेको छ । ‘रगतको सन्देश’को संज्ञा दिइएको भिडियोमा इराकी सहर मोसुलस्थित एक मस्जिद अगाडि घुँडाले टेकाइ शीर छेदन गरेको दृष्य देखाइएको छ ।

इस्लामिक स्टेटविरुद्ध कुर्दिश लडाकुले कारबाही थालेको विरोधमा यस्तो कदम चालेको सो समूहले जनाएको छ । कारबाही नरोके यस्ता हत्या दोहोर्‍याउने चेतावनी सो समूहले दिएको छ ।

यसअघि पनि सो समूहले एक अमेरिकी पत्रकारलाई नियन्त्रणमा लिइ हत्या गरेको थियो ।  (एजेन्सी)

भिडियो हेर्न तल क्लिक गर्नुहोस : भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget