news and more entertainment

रोनाल्डो युरोपका सर्वोत्कृष्ट फुटबलर घोषित खेलाडी

१३ भदौ, काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन् ।
बिहीबार राति फ्रान्सको मोनाकोमा सम्पन्न च्याम्पियन्स लिग समूह चरणको ड्र र्सार्वजनिक कार्यक्रममा रोनाल्डोलाई युरोपका सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको हो । उनी फिफा बालोन डि’ओरको विजेता पनि  हुन् ।
उनले बार्यन म्युनिखका स्ट्राइकर अर्जेन रोबिन र गोलरक्षक म्यानुयल नुयुरलाई पछि पार्दै ‘बेष्ट प्लेयर इन युरोप अवार्ड’ जितेका हुन् । पोर्चुगलका २९ वर्षीय स्ट्राइकर रोनाल्डोले गत सिजन कीर्तिमान १७ गोल गर्दै रियललाई च्याम्पियन बनाएका थिए ।
‘म निकै खुसी छु र टिमका साथीहरुलाई धन्यवाद दिन चाहन्छु किनकी टिमको सहयोग विना व्यक्तिगत रुपमा अवार्ड जित्न सक्दिन’ उनले भनेका छन् ।
युरोपियन देशका खेल पत्रकारहरूले गरेको मतदानका आधारमा रोनाल्डोलार्इ सन् २०१३/१४ का लागि अवार्ड प्रदान गरिएको हो । रोनाल्डोलार्इ युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले अवार्ड प्रदान गरे ।
गत सिजन स्पेनिस ला लिगामा तेस्रो स्थानमा चित्त बुझाएको रियलका लागि रोनाल्डोले ३० खेलमा ३१ गोल गर्न सफल भएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget