news and more entertainment

१६ वर्षकी युवतीको पिठ्यु, छाती र अनुहारमा ९ गोली हानियो

११ भदौ, एजेन्सी ।
भारतको असममा त्यहाँ सक्रिय बडोल्याण्ड लडाकुहरुले एक १६ वर्षीया युवतीलाई विभत्स तरिकारले हत्या गरेका छन् ।
असमको चिरङ जिल्लाकी १६ वर्षीया प्रिया बसुमतारीलाई उग्रवादी लडाकुहरुले अनुहार, छाती तथा अनुहार र पिठ्युमा ९ गोली दागेर हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

युवतीको हत्यापछि उग्रवादीहरुले गाउँलेहरुलाई युवतीको लाश नछुन र छोएमा खतरनाक परिणाम भोग्नु पर्ने चेतावनी दिएका थिए । घटनाको २४ घण्टा पछि पुलिसले घटनास्थल नियन्त्रणमा लिएको छ ।

भारत र भूटानको सीमा नजिकै पर्नै पश्चिमी असमको जिरङ जिल्लास्थित घना जंगलको विचमा रहेको द्वीमुगुरी गाउँकी प्रिया गाउँदै झरनामा कपडा धुन र नुहाउन गएकी थिइन् । तर घर फर्किँदा बडो लडाकुहरुले उनको घर घेरेर बसेका थिए । उनलाई पुलिसको सुराकी भएको भन्दा लडाकुहरुले निर्मम कुटपिट गरे । केही बेरमा उनलाई घिसार्दै खेतमा पुर्‍याउँदा गाउँलेहरुको भिड नै लागेको थियो ।
त्यही खेतमै उनीहरुले लाश नछुन चेतावनी दिँदै प्रियालाई गोली दागेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget