news and more entertainment

तीजको दिन चेलीलाई रुवायो ‘यो कथा हो तिम्रो मेरो’ले

तीजको कथा बस्तुलाई समेत उठान गरिएको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ एक दिन अघिनै चितवन र पोखरामा प्रदर्शन गरिएको छ ।भाद्र १३ गते रिलिज हुने भनिएको या चलचित्रले तीजको दिनमा दर्शकको हुने भिडलाई मध्यनजर राख्दै चितवन र पोखरामा भाद्र १२ अर्थात् तीजको दिनमा नै प्रदर्शन भएको छ ।ओम प्रतिकको लेखन तथा निर्देशक रहेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ले तीजो दिनमा दर्शकको राम्रो साथ पाउन सफल भए ।
yo katha hoतीजको दिनमा प्रदर्शन भएको यो चलचित्र चितवन र पोखरा दुवै ठाउमा हाउसफुल व्यापार गरेको छ ।प्रेममा हुने मिलन बिछोड अनि माया र परिवार बिच हुने कसलाई कुन अबस्तामा कसरि रोज्ने भन्ने बिसे बस्तुले चलचित्र मार्फत देखौन खोजेएको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’लाई दर्शकले रुचाएका छन् ।हाम्रै समाजमा घटेका कथा बस्तुले निर्देशक ओम प्रतिकले पर्दा मार्फत दर्शकको मन जित्न सफल भएको छ । बिशेष गरेर नायिका रिश्ता बस्नेतको अभिनयलाई दर्शकले खुब मन पराउनु भएको छन् भने नायक सुमन सिंहको अभिनय पनि उत्तिकै तारिफ गर्न लगायक देखिन्छ ।
yo katha ho1चलचित्र हेरेर निस्केका दर्शकले चलचित्र इन्डिङअरु चलचित्र भन्दा अलि फरक लागेको भन्दै तीजको दिनमा चेलीलाई चलचित्रले रुवाएको समेत बताउनु भयो ।द फ्रेम क्रियशन प्रालीको व्यानरमा बनेको यो चलचित्रमा विकास चौधरीको संगीत रहेको छ ।चलचित्रमा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी, ओम प्रतिक लगाएतको अभिनय रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा सुरेश बज्रचार्यको छायांकन, बनिश शाहको सम्पादन रहेको छ ।चलचित्रमा रमेश प्रजापति, अनिल हेक्का र राम बुढाथोकीको लगानी रहेको छ ।
yo katha ho 2

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget