news and more entertainment

मलेसियामा तनाब बढ्यो सेक्युरिटी मा कार्यरत नेपाली माथी आत्मघाती आक्रमण !!

कुमार श्रेष्ठ ,क्वालालाम्पुर, १२ भदौ । स्थानीय तामिल मुलका गुण्डाद्वारा सांघातिक आक्रमण परी सेलेंगर राज्यको मेरुस्थित होटलमा कार्यरत ( क्षेत्र खरेल )नेपाली सेक्युरिटी गार्ड गंभिर घाइते भएका छन ।राति २ बजे स्थानीय तामिल मुलका गुण्डाहरुको आक्रमणमा परेका थिए । आक्रमणमा परेका खरेलको हाल केलाङ अस्पतालमा उपचार भईरहेको छ ।

उनी केएस्एस् सेक्युरिटी सर्भिसेस कम्पनीमार्फत उक्त होटलमा कार्यरत थिए । खरेलले उक्त समय पार्किङमा सुरक्षा दिईरहेका थिए । उक्त कम्पनीमा कार्यरत सुरक्षा गार्डहरुका अनुसार धारिलो हतियार र डण्ठाले आक्रमण गरेका कारण टाउकोमा गंभीर चोट लागेको छ ।

घटनास्थलमा रगतको भेल बगेको थियो । खरेलको‘रगतै रगतले टाउको पोतिएको थियो, राति ३:१६ मा कंपनीका मालीक सँग केलाङ अस्पताल पुग्दा ऊनी बेहोस अवस्थामा भएको’ एक गार्डले बताए ।

घटना भएपछि होटलका हाउस गार्डले प्रहरीलाई जानकारी दिएका थिए । घटनाको ४० मिनेट पश्चात यानी २:४० मा प्रहरीको भ्यानमा राखी उनलाई केलाङ अस्पताल पु¥याईएको थियो । हाल उनको अबस्था खतरामुक्त रहेको बताएको छ ।

घाईते क्षेत्र खरेललाई कसै सँग पनि भेट गर्न दिईएको छैन । घाइतेका भाइ चेत राज खरेल भने दाजुलाई भेट्न अस्पतालमा पुगिसकेका छन् । खरेल काठमाण्डौं सामाखुशीका बासिन्दा हुन ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget