news and more entertainment

४५ करोड लाग्ने अब के होला सुनकोसीको ताल... ?

काठमाडौं,भदौ ५–सिन्धुपाल्चोकको जुरेमा १७ साउनमा गएको पहिरोबाट सुनकोसी थुनिएर बनेको ताल पुरै खोल्न सम्भव नहुने निष्कर्ष बिज्ञले निकालेका छन् ।

१० लाख टन गेग्र्यान माटोले बनेको ताल पुरै खोल्न सम्भव नै नहुने निष्कर्ष सैनिक तथा भुगर्भविज्ञहरुको छ । सेनाका प्राविधिक सहायकरथी इन्जिनियर विजेन्द्र गौतमका अनुसार ताल पुरै खोल्न करिब ४५ करोड आबश्यक पर्छ ।

‘मानवीय संवेदनासमेत जोडिएको विषय भएकाले यसबारे सरकारले आवश्यक निर्णय गर्ला,हामी केही भन्ने अबस्थामा छैनौं,’ गौतमले भने,‘पुरै ताल खोल्न निकै महँगी पर्छ भन्ने हाम्रो निष्कर्ष हो ।

’ महँगो बजेट खर्चेर ताल खोल्दा उत्पन्न हुने जोखिमसमेतलाई ध्यानमा राखेर ताल पुरै खोल्न नसकिने विज्ञको निष्कर्ष छ । सेनाको विकास निर्माण तथा स्थापित महानिर्देशनालयका इन्जिनियर डा. रामचन्द्र तिवारीका अनुसार थुनिएको पानीमा दश लाख टनभन्दा बढी गेग्र्यान जम्मा भएको छ ।

 अस्थायी तालको बाँध पनि चट्टानी गेग्र्यानले बनेका कारण पुरै पानी खोल्न सम्भब छैन । ‘अहिलेको अबस्थामा बाँध भत्काएर पानी खोलिने कुनै सम्भावना छैन’तिवारीले भने ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget