news and more entertainment

मदिराको झोंकमा रेखा थापालाई जवरजस्ती चुम्बन गरेपछि.....


कुनै पनि कार्यक्रममा पुग्दा सेलिब्रेटीलाई सुरक्षाकर्मीको आवश्यकता पर्छ भन्ने कुराको महशुश सायद यो घटनाबाट पनि गर्न सकिन्छ ।
नेपालगञ्जगमा शनिबार आयोजना भएको ‘नेपालगञ्ज सांकृतिक कार्यक्रम’मा सहभागी हुन पुगेकी नायिका रेखा थापालाई संभवत एक घटनाले सधै नै तर्साउँछ होला ।
नेपालगञ्जको एक हलमा आयोजना भएको कार्यक्रममा वन पिसमा पुगेकी नायिका थापालई हात मिलाउने भन्दै एक व्यक्तिले गालामा चुम्बन गरिदिए ।
मदिराको नशामा रहेका उक्त व्यक्तिले चुम्बन गरेपछि रेखा निक्कै तनावमा पुगिन् । कार्यक्रममा उनले आफ्नो नयाँ चलचित्रको बिषयमा छोटो बोल्नु र सामान्य नृत्य गर्नु बाहेक अन्य केही गर्न सकिनन् ।
स्टेज चढ्ने क्रममा रेखामाथि यस्तो दुव्र्यवहार भएको हो । कार्यक्रममा निक्कै हंगामा मच्चाउने सोचमा पुगेकी रेखालाई उक्त मदिरा सेवन गरेका व्यक्तिले चुम्बन गरेपछि तनाव भयो ।
जसका कारण पनि उनी स्टेजमा लामो समयसम्म बस्न सकिनन् । श्रोतका अनुसार मदिरा सेवन गरेका ती व्यक्तिले रेखालाई बारम्बार बोलाइरहेका थिए ।
छात्ती खोलेर निक्कै हिरो शैलीमा देखिन्थ्य उनी, एक प्रत्यक्षदर्शीले बताए । २८ बर्ष उमेरका ती व्यक्तिका लागि भन्दै २ जना प्रहरी पनि खटाइएको उक्त प्रत्यक्षदर्शीको भनाई छ । नायिका रेखा थापाले स्टेजबाट झरेपछि चुम्बन गर्ने व्यक्तिलाई केही कुरा संझाएको बताइन्छ ।यो घटना अहिले नेपालगञ्जमा सर्वाधिक चर्चामा छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget