news and more entertainment

करिना भन्छन सलमान अति रमाइलो सजिलो जो कोहि पनि क्रेजी हुन्छन्...

काठमाडौ, श्रावण १२ - सलमान खान यस वर्षको इदमा पुनः चर्चामा छन्, 'किक' मार्फत। यसै साता रिलिज भएको उक्त फिल्मले रिलिजको दुई दिनमै ५३ करोड भारु कमाएर हलचल मच्चाइरहेको छ। सलमान एक पटक फेरि बक्सअफिसको किङका रूपमा आफूलाई प्रमाणित गरिरहेका छन्। यी खानसँग स्क्रिन सेयर गर्ने रहर अधिकांश नायिकालाई हुनु स्वभाविक नै हो। जसमा नायिका करिना कपुर पनि अपवाद बन्न चाहन्नन्। हालैको एक कुराकानीमा उनले आफूलाई सलमानसँग काम गर्न सधैं मज्जा लाग्ने बताएकी छन्।

'सलमान खानसँग काम गर्दा जहिले पनि रमाइलो हुन्छ। हामी एक-अर्कामा असल कुराहरू साझेदारी गर्छौं। त्यसैले पनि हामी दुईमा मायालु गठबन्धन छ,' विवाहपछि हालका दिनमा फिल्मको अफर कम आएर अलि फुर्सदिली नै बनिरहेकी करिनाले सलमानसँग फेरि फिल्म खेल्न पाउने भएपछि हौसिएकी छन्। उनले सलमानको गुणगानसँगैफिल्मबारे पनि थपिन्, 'मलाई स्क्रिप्ट मनपर्‍यो। अनि मेरो रोल पनि।' निर्देशक कबिर खानको आगामी प्रोजेक्ट 'बजरंगी भाइजान' मा बजरंगी स्वभावमा देखिने सल्लुको जोडीका रूपमा करिना एक ब्राह्मण युवतीको भूमिकामा देखिनेछिन्।

 यसअघि पनि यी दुईले फिल्म 'बडिगार्ड' मा स्क्रिन सेयर गरिसकेकाले पनि करिना सलमानसँगको कामको अनुभवलाई लिएर काफी उत्साहित भएकी हुन्। त्यसो त अविवाहित सल्लुसँग काम गर्ने प्रायः सबै नायिकाले उनको सरल र मिजासिलो व्यवहारका कारण सेटमा सहज हुने गरेको प्रतिक्रिया दिँदै आएका छन्। पछिल्लो समय फिल्म 'किक' का बारेमा नायिका ज्याक्लिन फर्नान्डेजको धारणा पनि यस्तै थियो भने एक गीतमा आइटम डान्स गरेकी नरगिस फाखरीले पनि सलमानका बारेमा राम्रै तारिफ गर्न भ्याएकी थिइन्।

यसअघि तीन-तीन फिल्ममा नायिकाका रूपमा कटि्रना कैफलाई पत्याएका निर्देशक कबिरले करिनालाई भने पहिलो पटक खेलाउन लागेका हुन्। यसकारण पनि करिना बढी उत्साहित देखिएकी हुन सक्छिन्।

'कबिरसँग यसअघि काम नगरेकाले पनि नयाँ निर्देशकसँग काम गर्न पाउने यो अवसर मेरा लागि महत्त्वपूर्ण छ,' करिनाले कबिरको यसअघिको कामको समेत समीक्षा गर्दै भनिन्, 'उनी प्रायः आफ्ना फिल्ममा नायिकालाई चलाउँदैनन्। नायकमा जति भेराइटी ल्याउन मिहिनेत गर्छन्, नायिकालाई जस्तो छ, त्यस्तै नै रहन दिन्छन्।'

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget