news and more entertainment

अभिनेता श्रीकृष्ण श्रेष्ठ पत्नी श्वेता सहित बेपत्ता,परिवारबाट समेत सम्पर्क बिहीन...

काठमाडौ,१३ साउन । केही साता अघि मात्र भव्य गरी हनिमुनको बहानामा भारत गएका नायक श्रीकृष्ण श्रेष्ठ झण्डै दुई हप्तादेखि सम्पर्क बाहिर रहेका छन् ।


हनिमुनकै दौरान स्वास्थ्य समस्या देखिएपछि भारतमै स्वास्थ्य लाभ लिइहेको परिवारजनले अनुमान लगाएका छन् । श्रेष्ठका भतिज सञ्जयका अनुसार केहि दिन देखि श्वेताको फोनसमेत रिसिभ भएको छैन । उनले भने काका कहाँ छन् भन्ने थाहा छैन,त्यही कारण उहाँलाई हामीले पनि भेट्न सकेका छैनांै ।

सुख्खा खोकीका कारण बिरामी भएपछि हनिमुनको बहानामा श्रीमती श्वेता खड्काका साथ उनी भारत गएका थिए । त्यसो त हनिमुनको बहानामा उनी अस्पताल भर्ना भएको खबर केहि पहिले बाहिरिएको थियो । असार २३ गते विवाह बन्धनमा बाधिँएकै दिन श्रेष्ठको स्वास्थ्य समस्या देखिएको थियो । सोहि रात नै उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिए पनि पछि केहि सुधार भएकाले उनलाई त्यसै दिन भने अस्पताल भर्ना गर्नु परेन ।

आईतबार राजधानीमा आयोजित चलचित्र कोहिनुरको कार्यक्रममा श्रेष्ठका आफन्तले घुमाउरो भाषामा श्रेष्ठले भारतमै स्वस्थ्य लाभ लिईरहेको बताएका हुन ।

श्रीकृष्ण दम्पती जोडीको अर्को महत्वाकांक्षी चलचित्र कोहिनूर यतिखेर रिलिजको संघारमा छ । यही साउन २३ गते रिलिज हुने कोहिनूरको पब्लिसिटीमा लाग्नुपर्ने बेला श्रीकृष्ण र श्वेता नै बेपत्ता भएपछि चलचित्रको रिलिजलाई लिएर शंक गर्न थालिएको छ । तर आइतवार आयोजित एक कार्यक्रममा निर्देशक आकाश अधिकारीले कोहिनूर साउन २३ मै रिलिज हुने स्पष्ट पारेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget