news and more entertainment

आफ्नो प्रेमीलाई यसरी खुसी बनाउनुस्

तपाईं आफ्नो प्रेमीलाई असाध्यै माया गर्नुहुन्छ होला। तर, हरेक कुरा उनको लागि मात्र नभई केही आफ्नो लागि पनि गर्नुपर्छ। शरीर र मस्तिष्कलाई आफ्नै नियन्त्रणमा राख्नुपर्छ। कुनै पनि काम प्रेमीलाई खुसी पारेर उनको प्रेम पाउनका लागि मात्र गर्नुहुँदैन। यदि प्रेमी खुसी बनाउन चाहनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस्:



नियमित व्यायाम


स्वास्थ्यवद्र्धक खाना र व्यायाम दैनिक जीवनमा अत्यन्त महत्त्वपूर्ण हुन्छ, तर यसलाई नियमितता दिनुपर्छ। आफैंबाट राम्रो अनुभव गर्न र स्वस्थ जीवन बिताउन व्यायाम गर्नुपर्छ। यदि प्रेमीको लागि मात्र व्यायाम गर्दै हुनुहुन्छ भने समयको खेर फाल्नुमात्र हुन्छ। तपाईंको व्यक्तित्वको कारण तपाईं उनको रोजाइमा पर्नुपर्छ।

सेभ गर्ने

कुनै प्रेमी शरीरका विभिन्न भागमा रौं नभएको प्रेमिका भएको मन पराउँछन्। त्यसैले तपाईं आफ्ना प्रेमीलाई खुसी राख्न चाहनुहुन्छ भने आफ्ना शरीरमा रहेका रौंहरू हटाउनुपर्छ। यसले तपाईंको व्यक्तित्वमा निखार ल्याउँछ।

मन परेको कपडा किन्ने

तपाईं असहज महसुस गर्नुहुन्छ भने नाइटी वा अन्य अर्धवस्त्र किन्नु जरुरी छैन। शरीर ढाक्ने कपडा लगाउन मन पराउनुहुन्छ भने केवल प्रेमीकै लागि भनेर छोटा कपडा किन्न हुँदैन। जे लगाउन चाहनुहुन्छ त्यहि लगाउनुस्। तपाईंको प्रेमीले साँच्चै प्रेम गर्छन् भने जस्तोसुकै पोसाकमा पनि तपाईंलाई राम्रै देख्छन्।

किस गर्ने


आफ्नो अन्तरंग सम्बन्ध बनाउन चाहनु राम्रो कुरा हो। तर प्रेमीलाई सहानुभूति दिन मात्र यस्तो नगर्नुस्। प्रेमीले कुनै कुरा गर्नको लागि दबाब दिए भने त्यसलाई वास्तै नगर्नुस् वा नाइँ भन्नुस्। तपाईंलाई बुझ्न नसक्ने व्यक्ति तपाईंको प्रेमको लायक हुँदैन। सहज वातावरण छ भने प्रेमीलाई किस गर्नुस्।

हरेक इच्छा बाँड्ने

प्रेमीलाई मन पर्ने टीभी शो हेर्नु राम्रै कुरा हो तर यसमा आफूलाई बाध्य बनाउनु हुँदैन। उनको साथमा नहुँदा पनि उनलाई मन पर्ने कार्यक्रममात्र हेरेर बस्ने बानी गर्नुहुँदैन। यस्तो गर्दा तपाईंको प्रेमीले आफूलाई जे मन पर्छ तपाईंलाई पनि त्यही मन पर्छ भन्ने सोच्न सक्छन्। त्यसैले इच्छाहरू बाँड्ने गर्नुस्। - एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget