news and more entertainment

संगै बस्दै आएकी युवतीको हत्या गरि लासमाथि यौनसम्पर्क

(नयाँ दिल्ली) । भारतको राजधानी नयाँ दिल्लीमा दुई युवकले आफुसंगै बस्दै आएकी साथीको हत्या गरि लाससंग यौनसम्पर्क गरेको समाचार बाहिर आएको छ । उनीहरुले युवतीको हत्या गरेपछि लासमाथि यौन सम्पर्कको गरेको प्रहरीसंगको बयानमा भनेका छन् ।

यो हत्याको खुलासा तब भयो जब उक्त घरबाट दुर्गन्ध आउन थाल्यो । ति युवकहरुले युवतीको लासलाई घरको भित्रै लुकाई राखेको अवस्थामा प्रहरीले फेला परेको थियो ।

दिल्लीको दक्षिणी-पश्चिम इलाकामा पर्ने बिंदापुरमा पुलिसलाई यो घटना बारे उक्त घरबाट दुर्गन्ध आएको सुचना मिलेको थियो । पछी प्रहरीले उक्त घरमा खान/तलाशी लिँदा त्यहाँ १८ बर्षकी युवतीको लाश फेला परेको थियो ।

पछी प्रहरीले उक्त घरमा बस्दै आएका सबैको बारेमा जानकारी जुटाउंदा उक्त युवतीलाई उनीसंगै बस्दै आएका युवक र उनकै साथिले हत्या गरेको खुलाशा भएको थियो ।

 प्रहरीको अनुसन्धानको दौरानमा हत्या भएपछी युवतीको लासमाथि यौन सम्पर्क समेत गरेको खुल्नमा आएको थियो । प्रहरीले घटनामा प्रत्यक्ष्य संलग्न रहेको भन्दै ति दुइ युवकहरु मोहम्मद रफीक र गुलफामलाई पक्राउ गरेको थियो ।

 प्रहरी ति दुई आरोपीसंग लिएको बयानको आधारमा गत २९ अप्रिलका दिन दुवै जना मिलेर उक्त युवतीको घाँटी दबाएर हत्या गरेको कुरा पत्ता लगाउन सफल बनेको थियो । घाँटी दबाएर हत्या गरेपछि उनीहरुले दुवै जना मिलेर उक्त हत्या भएकी युवतीसंग यौन सम्पर्क समेत राखेका थिए ।

पुलिसको अनुसार गुलफाम उक्त युवतीसंगै भाडामा बस्दै आएका थिए । रफीक दुवै जनाको साथि थिए । हत्या हुनु केहि दिन पहिले दुवै जनाले ति युवतीको अरु नै कसैसंग बिबाह गर्ने कुरा चलेको थाहा पाए ।

यसै निउमा रफीक र गुलफानले रिसको झोकमा युवतीको घाँटी दवाएर हत्या गरे अनि त्यहि लास माथि यौन प्यास मेटाएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget