news and more entertainment

केराको बोक्रामा हुने मत्वपूर्ण गुणहरू

के-केमा काम लाग्छ केराको बोक्रा ?
नपाउनेले केरा पायो बोक्रैसित खायो भन्ने उखानै छ । यसको मतलब हुनेखानेले केराको गुदी मात्र खान्छ र बोक्रो खाने मान्छे कहिल्यै केरा खानै नपाउने खालको दरिद्र मान्छे हो भन्ने अर्थ लाग्छ ।

तर केराको बोक्रा दरिद्र मान्छेले खाने वा त्यस्तै मान्छेलाई मात्र काम लाग्ने चिज होइन । केराको गुदी मात्र नभै बोक्रा समेत निकै उपयोगी हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।

केरा विभिन्न लवण तथा भिटामिन लगायतका पोषक तत्वले भरिपूर्ण सर्वकालीक लाभदायी र सुलभ फल हो भन्ने सबैलाई थाहा छ । तर केरा मात्र होइन केराको बोक्रा समेत निकै उपयोगी हुन्छ । केराको बोक्राको फाइदा यस्ता छन् -
केराको बोक्राको भित्री भागलाई हल्का रुपमा अनुहारमा दल्नुहोस् । नियमित रुपमा यसो गर्नाले अनुहारको डण्डीफोर कम हुन्छ ।

केराको बोक्रालाई पिँधेर लेदो बनाएर अनुहारमा दल्नाले अनुहारमा चमक आउँछ भने बोक्रालाई दाँतमा रगड्नाले दाँत चम्किलो हुन्छ ।

कुनै किराले चिल्यो भने त्यस ठाउँमा केराको बोक्रा पिँधेर लगाउनाले दुखाइ कम हुन्छ ।
छालामा डावर आएको बेला केराको बोक्राको लेदो लगाउनाले डावर निको हुन सहयोग हुन्छ ।
लेदर ब्याग, बेल्ट तथा छालाका खेलौनाहरुमा केराको बोक्रा रगडेर सफा गर्नाले चमक आउँछ ।
अण्डाको पहेँलो भागमा केराको बोक्राको लेदो मिलाएर अनुहारमा लगाउनाले अनुहारको चाउरीपना कम हुन्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget