news and more entertainment

महिलाले पुरुषबाट चाहने तीन महत्वपूर्ण कुराहरु

        के तपाईं सोच्नुहुन्छ कि महिलालाई बुझ्न गाह्रो हुन्छ ? के तपाईं महिलाहरुलाई रहस्यमयी ठान्नुहुन्छ ? के तपाईं उनले के सोचिरहेकी छिन् वा के गर्न चाहन्छिन् भन्ने कुरा पत्ता लगाउन चाहनुहुन्छ ? चिन्ता नलिनुस्, यस्तो कुराहरु सोच्ने तपाईं मात्र एक्लो पुरुष होइन । कुनै पनि महिलाले आफ्नो मौनतामा नै धेरैथोक भनिरहेकी हुनसक्छिन्, जब कि पुरुषले घण्टौँ बोले पनि केही नबोलेसमान हुने गर्दछ । तपाईंले निकै ध्यानपूर्वक सुन्न जरुरी छ कि तपाईंकी साथीले के भन्दैछिन् । यो कुनै विज्ञान होइन तरपनि तपाईं उनीप्रति संवेदनशील हुन जरुरी छ । तल केहि कुराहरु दिइएका छन्, जुन कुनै पनि महिलाले आफ्नो पुरुषमा खोज्ने गर्छिन् । के थाहा, यसपछि तपाईं पनि आफ्नी प्रमिकालाई अझै राम्रोसँग बुझ्न सक्नुहुन्छ कि ? १. विश्वसनीय र भरपर्दोः कुनै पनि महिलाको लागि विश्वास निकै महत्वपूर्ण वस्तु हो । तपाईंले झुठ कुरा बोल्न निकै साहस देखाउनु पर्नेहुन्छ । यदि केही गरेर उनले तपाईंको झुठ समातेमा उनले तपाईंलाई सजिलैसँग माफी नदिन सक्छिन । तर यदि तपाईंले गल्ती गर्नुभयो र सो गल्तीमा पछुताउनुभयो भने तपाईंले माफी पाउने सम्भावना हुनसक्छ । उनलाई तपाईंले कुनै शंकाबिना पूर्णरुपमा विश्वास दिलाउन सक्नुपर्छ र यो उनको लागि निकै महत्वपूर्ण विषय हो । कुनै पनि महिलाले त्यस्तो साथीको साथ खोज्छिन् जसमा उनी भर पर्न सक्छिन् । २. कुरा सुन्ने बानी बसाल्नुहोस्ः इदि तपाईं महिला साथीसँग लामो सम्बन्ध चाहनुहुन्छ भने तपाईंले उनको कुरा सुन्ने बानीको विकास गर्नुपर्छ । उनको कुरा सुने मात्र पनि पुग्छ, जहिल्यै समस्याको हल खोज्नु जरुरी छैन । उनी जहिल्यै उत्तरको खोजीमा हुँदैनन् । कहिलेकाँही उनीहरुलाई त्यस्तो व्यक्तिको आवश्यकता हुन्छ, जसले उनको कुराबिना कुनै सुझाव सुनोस् । यस्तो क्रियाकलापले उनीसँग तपाईंको सम्बन्ध थप मजबुत हुन्छ । ३. परिपक्क हुनुहोस्ः हामी सबैलाई थाहा छ पुरुषभन्दा महिलाहरु चाडैँ परिपक्क हुन्छन् । तर महिलाले सधैँ आफ्नो पुरुषलाई आमासमान सम्झाउने, बुझाउने र सम्हाल्न चाहँदैनन् । उनलाई पनि कसैले सम्हालोस् र सम्झाओस् भनेर चाहन्छिन् । महिलाले आफ्नो पुरुष बुझ्क्कड, शान्त, समझदार र विवेकशील होस् भनेर चाहन्छिन् । उनलाई देखाउनुहोस् कि तपाईं आफ्नो समस्या वा डरसँग जुध्न सक्नुहुन्छ र आफ्नो समस्यासँग भाग्नुहुन्छ । समस्यासँग कहिलेकाँही निराश हुनु स्वभाविक हुनसक्छ तर हरेश भने खानुहुँदैन । महिलाले आफ्नो पुरुषमाथि विश्वास गरेर भर गर्न मन पराउँछन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget