news and more entertainment

पतिको सेक्सले अस्पताल पुर्याएपछि

यस्तो सायद तपाईंले कहिले सुन्नुभएको छैन होला तर यो वास्तविक घटना हो । क्रिष्टिन नामकी एक महिला आफ्ना पति सीनका कारण बिरामी हुने भइन् । यदि स्पष्ट शब्दमा भन्ने हो भने क्रिष्टिन बिरामी हुनुका कारण उनको श्रीमान् नभई उनको विर्य भएको पत्ता लागेको छ । उनलाई वीर्यको अत्यधिक एलर्जी भएका कारण अस्पतालमा भर्ना नै गर्नुपर्ने स्थित आयो ।


यो घटनाको जानकारी टेलिभिजनको एक धारावाहिक श्रृङ्खला ‘सेक्स सेन्ट मी टू इआर’ मा दिइएको हो । यो धारावाहिकमा त्यस्ता घटनाहरु प्रसारित गरिन्छ जसमा सेक्सका कारण अस्पतालको इमर्जेन्सी रुम ( इआर) मा भर्ती गर्नुपर्ने स्थिती पैदा हुन्छ । उक्त कार्यक्रमका निर्माताहरुको भनाइ अनुसार महिला र उनको पतिको उपनाम, घरको ठेगाना र नामहरु गोप्य राखिएको छ । यद्यपी उनलाई पहिले कहिले पनि यस्तो नहुने महिलाले बताइन् ।

छोरालाई जन्म दिइसकेपछि क्रिष्टिनलाई निकै धेरै एलर्जी र स्वास्थ्य सम्बन्धि समस्याहरु भए जसका कारण दुबैले एक वर्षसम्म सहवास गरेनन् । तर, सीनको जन्मदिनमा क्रिष्टिनले सहवास गर्ने इच्छा देखाउँदै आफ्नो श्रीमानलाई ‘सरप्राइज’ दिइन्, तर यो घटना पछि उक्त दम्पत्तिलाई अर्को ठूलो ‘सरप्राइज’ मिल्यो ।

सेक्सपछि सामान्य रुपमा महिला र पुरुष लामो–लामो सास लिने गर्दछन् तर क्रिष्टिनको प्रतिक्रिया निकै गम्भीर थियो । उनले महसुस गरिन् कि आश्चर्यजनक रुपमा उनको शरिर सुन्निएको थियो, शरिरमा निकै तात्तिएको थियो र उनलाई सास लिन यति गाह्रो भयो कि अस्पताल लाने क्रममा उनी बेहोस नै भइन् ।
उपचार गर्ने क्रममा डाक्टरहरुले सुरुको अवस्थामा क्रिष्टिनलाई आफ्नो श्रीमानको गन्धको एलर्जी भएको अनुमान गरेका थिए तर पछि उनलाई श्रीमानको वीर्यको एलर्जी भएको पत्ता लगाए । यो कुरा सुनेर सीन निकै सोचमग्न भए । डाक्टरहरुले यी जोडिलाई सेक्स गर्दा कण्डमको प्रयोग गर्न सल्लाह दिए । (एजेन्सी)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget