news and more entertainment

युएन स्कुलमा आक्रमण,१९ को मृत्यु ....

गाजा सिटी (एजेन्सी) – हिंसाग्रस्त  गाजाको जाबालियास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा इजरायलले  गरेको आक्रमणमा १९ जनाको मृत्यु भएको छ ।

 बुधबार बिहान भएको यस आक्रमणमा एक सय २५ जना घाइते भएका छन् । उक्त विद्यालयमा करिव तीन हजार प्यालेस्टाइनले शरणन लिएर बसेका थिए ।

तीमध्ये अधिकांस महिला र बालबालिका हुन् । संयुक्त राष्ट्रसंघ (युएन)ले इजरायलले गरेको यस आक्रमणको भत्र्सना गरेको छ । प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्रसंघीय निकायका प्रमुख पियरे क्रयायनवुलले भने,‘हजारौं शरणार्थी शरण लिइरहेको राष्ट्रसंघीय विद्यालयमा गरिएको आक्रमणबाट हामी स्तब्ध छौं ।

 शरणार्थीहरु आक्रमणको भयले सुरक्षित ठानेर आउने स्थानमै गोलाबारी भएको छ । उनीहरु सुतिरहेको समयमा आक्रमण भयो ।’जागास्थित राष्ट्रसंघको निर्माण कार्यालयका निर्देशक बब टर्नरले उक्त आक्रमण इजरायलले नै गरेकोमा राष्ट्रसंघ विश्वस्त रहेकोमा विश्वस्त रहेको जनाएको छ ।

 सञ्चारमाध्यमहरुले विद्यालयको छत र पर्खाल भत्किएका तस्विर सार्वजनिक गरेका छन् । राष्ट्रसंघीय बालकोष युनिसेफकी प्रमुख पुर्निल आइरनसाइडले भनिन्,‘अब गाजामा कोही पनि सुरक्षीत छैनन्,हरेक घर,आश्रयस्थल र विद्यालयमा समेत आक्रमण भइरहेको छ । अब सर्वसाधारणको ज्यान कसरी बचाउने भन्ने नै चिन्ताको विषय हो ।’ आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget