news and more entertainment

किक बक्सअफिस | नेपाल मा ३ करोड, इंडिया मा एकसय करोड

टाइम्स अफ इन्डियाका अनुसार 'किक'ले पाँच दिनमा बलिउडमा एकसय करोडभन्दा बढीको ब्यापार गरेको छ । इदको दिन फिल्मले एकसय करोडको प्रतिष्ठित अवरोध नाघ्यो तर, बल्ल बल्ल । पाँच दिनमै किकले यता नेपाली बक्सअफिसमा भने झन्डै तीन करोड ग्रसको कारोबार गरेको छ । तीन करोड पुगिसकेको भने होइन । नेपालमा फिल्मले लगानी उठाउन ६ करोड ग्रस कमाउनुपर्छ । फ्लप र हिटको मानक यही नै हो । 

तीन दिनमा झन्डै अढाइ करोडको बिन्दु छोएको कलेक्सनले सोमबार र मंगलबार भने लगभग ९० र ९५ प्रतिशत अलनेपाल अकुपेन्सी दिलायो । वितरक गोपिकृष्ण मूभिजले भने किक कलेक्सनबारे भने केही खुलाएको छैन ।  

पाँच दिनमा आमिर खानको धुम ३ ले तीन करोड पार गरिसकेको थियो । सलमानको फिल्मले नेपालमा ६० लाखसहित ओपनिङ थालेको थियो । शुक्रबार र शनिबार फिल्मले सिंगल स्क्रिन समेत अकुपाइ गर्न सक्यो । बुधबार भने ड्रप अकुपेन्सी देखिएको छ ।  दोस्रो साता प्रवेशमा हलिउड र नेपाली सिनेमा रिलिज हुने भएपछि किकले लगानी उठाउन चुनौति खेप्नुपर्नेछ । किकको अहिलेको सेयर १ करोड नेरु हो । १ करोड २० भारुमा खरिद गरिएको सिनेमाले आफूलाई रिकभर गर्न ६ करोड नेरु कमाउनैपर्ने हुन्छ । #merocinema

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget