news and more entertainment

१९ जुलाई : सहवासका लागि सबैभन्दा उत्तम तिथि

सम्भोगका लागि सबैभन्दा राम्रो तिथि कुन होला ? बेलायतमा गरिएको एक अध्ययनले जुलाई महिनाको १९ तारेख सहवासका लागि सबैभन्दा उत्तम दिन रहेको देखाएको छ ।उक्त अध्ययन अनुसार गएको जुलाई १९ तारेख अझ यो दशककै उत्कृष्ट दिनको रुपमा रह्यो । गएको जुलाई १९ मा बेलायतीहरुले सबैभन्दा बढि सम्भोग गरेको खुलासा समेत भएको छ । महिना, गते र बारको मिलनका कारण पनि त्यस्तो भएको बताइएको छ ।

३ हजार बेलायतीहरुमा यस्तो अध्ययन गरिएको थियो । त्यसमा मानिसहरुको शयनकक्षको आनीबानी तथा सहवासका विषय खोतलिएको थियो । सेक्स टोय कम्पनी लभ हनीद्वारा गरिएको सर्भेक्षणका अनुसार उसैपनि बेलायतीहरुले शनिवार सहवास गर्न सबैभन्दा बढि रुचाउँछन् । अझ गएको जुलार्य १९ को शनिवार विशेष रह्यो । महिनाको तेश्रो शनिवार, १९ औँ दिन तथा जुलाई महिना सबै बेलायतीहरुका लागि पि्रय तिथि हुन् ।

सर्भेक्षणमा सहभागी भएका मध्ये ४४ प्रतिशतले सहवासका लागि शनिवार सबैभन्दा उत्तम दिन रहेको बताएका थिए । लभ हनीका मालिक रिचार्ड लंगहस्र्टका अनुसार गएको जुलाई १९ अर्को दशक सम्मकै लागि सबैभन्दा हट दिनको रुपमा स्थापित भएको छ । अध्ययनले उक्त दिन बेलुका ७ बजेर ३७ मिनेटको समयमा सबैभन्दा बढि सम्भोगजन्य कार्य भएको समेत देखाएको छ ।खासगरि बेलुकीको खाना खाइसकेपछि तथा ओछ्यानमा पल्टिएर टेलिभिजन हेर्दैगर्दा सहवासमा संलग्न भएका थिए । ६२ प्रतिशतले हप्तामा एक दिन, खासगरि शनिवारलाई सेक्स नाइटकै रुपमा छुट्टाएको बताएका थिए ।#onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget