news and more entertainment

युवतीलाई जवर्जस्ती यौन ब्यवसायमा लगाउने पक्राउ

कामको खोज्दै हिँडेकी एक युवतीलाई राम्रो काम लगाई दिने भन्दै यौन धन्दामा लगाउनेलाई कास्की प्रहरीले पक्राउ गरेको छ।प्रहरीले पोखरा ६ बैदाममा रेष्टुरेण्ट सन्चालनका सञ्चालक विष्णु बानियाँलाई पक्राउ गरेको हो। 

जेठ पहिलो साता पोखरामा काम खोज्दै आएकी एक युवतीलाई बानियाँले राम्रो काम लगाईदिन्छु, तलब राम्रो दिन्छु भनी आफ्नै रेष्टुरेन्टमा काम लगाएका थिए।उनले युवतीलाई यौनजन्य क्रियाकलपमा लगाएको प्रहरी अनुसन्धानले देखाएको प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए।

बानियाँले २ देखि १० हजार रुपैयाँसम्म लिई कामदार युवतीहरुलाई जवरजस्ती यौन धन्दामा लगाउने गरेको भन्ने जाहेरीको आधारमा  बानियाँलाई प्रहरीले पक्राउ गरेको थियो । बानियाालाई मानव वेचविखन तथा ओसार पसार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।#setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget