news and more entertainment

काभ्रेमा ९ बर्षकी बालिका बलात्कार गर्न खोज्ने प्रहरी जवान पक्राउ

काभ्रे, ९ साउन : काभ्रेको खावामा ९ बर्षिया बालिकालाई बलात्कार गर्न खोज्ने प्रहरी जवान पक्राउ परेका छन् । बलात्कार खर्न खोज्दाखोज्दै स्थानीयबासीले पक्राउ गर्दा पनि उम्किन सफल भएका छत्रबहादुर मिश्र सिराहामा पक्राउ परेका हुन् ।
उनलाई बुधबार साँझ सिरहाबाट काभ्रे ल्याई म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
 बुटवल घर भई पाँचखाल नगरपालिका १ खावा स्थित  सञ्चमाया तामाङको घरमा बसेर अध्ययन गर्दै आएकी बालिका माथि प्रहरी जवान मिश्रले साउन २ गते राति बलात्कारको प्रयास गरेका थिए । बलात्कार गर्न नभ्याउँदै रंगेहात पक्राउ परेका उनी स्थानीयबासी र प्रहरीको कब्जाबाट उम्कन सफल भएका थिए । नागरिकतामा ओखलढुंगा घर उल्लेख भएका मिश्रको काठमाडौंमा समेत घर छ । मिश्रको दुई साता अघि नै सिराहामा सरुवा भएको थियो । सिराहा जान उनले जिल्ला प्रहरी कार्यालयबाट रमना पत्र बुझिसकेका थिए । तर, रमानापत्र बुझिसकेपनि उनी बालिकालाई बलात्कार गर्नकै लागि खावा पुगेको अनुमान गरिएको छ । उक्त घटनापछि शनिबार स्थानीयहरुको एक समुह जिल्ला प्रहरी कार्यालयमा आएर ठाडो जाहेरी दिएको थियो ।
सोमबार बालिकाको तर्फबाट उनकै फुपु सञ्चमायाले जर्बजस्ति करणी उद्योगमा उजुरी दिएकी थिइन् । मिश्र भने सोहि दिन देखि नै फरार थिए । त्यसपछि भागेर आफ्नो सरुवा भएको ठाउँ सिरहा पुगेका मिश्र त्यहीँ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget