news and more entertainment

पुरुषले तपाईंबाट चाहने तर कहिले व्यक्त नगर्ने सात कुरा...

पुरुषहरु तपाईंबाट के चाहन्छन् त्यो कुरा तपाईंलाई कहिले पनि भन्दैनन् । जसका कारण यो एउटा तनावको विषय बन्ने गर्दछ । उनीहरु तपाईंबाट के चाहन्छन् भन्दिने हो भने तपाईंका लागि धेरै कुरा सजिलो हुने थियोे । आज तपाईंहरुलाई हामी तपाईंको पुरुषले तपाईंबाट के कुरा चाहन्छन् भन्ने कुरा बताउँदैछौँ ।

 १.सम्मानः आफ्नो सम्मान कसलाई पो प्यारो हुँदैन र ? अझ पुरुषलाई त यो सबैभन्दा प्यारो हुने गर्दछ । तर, यस्तो कुराहरु कहिले पनि बताउँदैनन् । तर यसको मतलब यो होइन कि तपाईं उनको जे कुरामा पनि तारिफ गर्न सुरु गर्नुहोस् । यसको सट्टा उनीहरु तपाईंको जीवनमा कति महत्वपूर्ण छन् भन्ने कुरा देखाउनुहोस् र उनको भावना र बिचारहरुलाई कति सम्मान गर्नुहुन्छ भनेर पनि देखाउनुहोस् ।

२. प्रशंसाः पुरुषहरुलाई कसैले प्रशंसा गरेको निकै मनपर्दछ तर उनीहरु यस्तो कुरा सजिलै देखाउँदैनन् । उनीहरुलाई तपाईंले झुटो प्रशंसा गरेको त मनपर्दैन तर यदि वास्तवमा नै तारिफ गर्नुहुन्छ भने उनीहरुलाई यो कुरा निकै राम्रो लाग्दछ ।

३. साथः पुरुषहरुलाई महिलाको साथ निकै प्यारो लाग्दछ । यदि उनीहरु कुनै म्याच खेलिरहेका छन् अथवा टिभि हेरिरहेका छन् भने उनीहरुलाई तपाईं साथमा होस् भन्ने चाहन्छन् । यसबाट यो थाहा हुन्छ कि पुरुषहरु आफ्नो महिलासँग धेरै समय बिताउन चाहन्छन् ।

 ४. मधुर आवाजः मधुरो बोलीको सबैले प्रशंसा गर्दछन् । पुरुषहरुलाई महिलाको सुरिलो आवाज मनपर्छ । यदि तपाईंको बोली मधुरो छैन भने पनि तपाईंले यसको लागि केहि कोसिस पक्कै गर्नुपर्ने हुन्छ जुन तपाईंको पुरुष तपाईंबाट चाहन्छन् तर कहिले पनि व्यक्ति गर्दैनन् ।

 ५. प्रोत्साहनः पुरुषहरुलाई प्रोत्साहनको जरुरी हुन्छ । आफूले माया गर्ने व्यक्तिलाई आफूलाई प्रोत्साहित गरोस् भन्ने उनीहरुको भित्रि इच्छा हुन्छ । यसका साथसाथै उनीप्रति तपाईंको विश्वास निकै महत्वपूर्ण हुने गर्दछ । तपाईंको साथले उनीहरुको इच्छाशक्तिलाई परिवर्तन गरिदिने गर्दछ ।

 ६. कदरः पुरुषहरु कदर गरेको मनपराउँछन् । यसका लागि तपाईंले त्यस्तो ठूलो केहि पनि गर्नुपर्दैन, मात्र धन्यवाद काफी हुन्छ । यदि उनले तपाईंलाई डिनरमा लिएर जाँदै हुनुहुन्छ अथवा तपाईंको केहि सामानमाथि हेरविचार गरिदिएकोमा धन्यवाद भन्नुहोस् ।
यसबाट उनलाई थाहा हुन्छ कि उनले जे गरिरहेका छन् तपाईंलाई त्यसले सकारात्मक प्रभाव पारिरहेको छ जसबाट उनीहरु पनि निकै खुसी हुने गर्दछन् ।

 ७. स्वतन्त्रताः पुरुषहरुलाई आफ्नो स्वतन्त्रता निकै प्यारो हुने गर्दछ तर यसको मतलब उनीहरुलाई तपाईंले एक्लै छोडिदिने भन्ने होइन । उनीहरुलाई आफ्नो काम आफैँ गर्न मनपर्छ, यसमा तपाईंहरुले गल्ती नऔँल्याउँदा ने वेश हुन्छ । उनीहरुलाई आफ्नो साथीहरुसँग समय बिताउन दिनुहोस् । (एजेन्सी)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget