news and more entertainment

रेखा थापा असुरक्षित..

 नेपाली चलचित्र क्षेत्रमा अहिले नायिका रेखा थापा र उनका पूर्व पति छवि ओझा चर्चामा छन् । दुवै जनाले छुट्टिने निर्णय गरेदेखि चुलिन थालेका चर्चा अझै सेलाएको छैन ।


यसैबीच छवि ओझाले नयाँ चलचित्र लंका २ निर्माण गर्ने घोषणा गरेपछि यी दुईबीचको चर्चा फेरि हुन थालेको छ । चर्चा हुनुको कारण लंका २ कि नायिका शिल्पा पोखरेल हुन् ।

 छविको व्यानरमा रेखा थापाको विकल्पका रुपमा भित्रिएकी शिल्पाले लज्जा र हवाल्दार सुन्तली पछि लंका २ मा फेरि देखिने अवसर पाएकी छिन् । अनुहार र हाउभाउ समेत रेखासँग मिल्ने भएकीले शिल्पा रेखाको लागि गतिलो झड्का बनिसकेकी छिन् । यद्यपि उनका चलचित्र रिलिज भने भैसकेको छैन ।

त्यसो त यस अघिका दुई चलचित्र खेलेकी शिल्पा रेखाका लागि फिल्मी प्रतिस्पर्धी मात्र थिईन् । तर अहिले उनै शिल्पाले लंका २ खेल्ने भएपछि भने रेखा र शिल्पा दुवैका चुनौति थपिएको छ । किन भने लंकामा रेखा नायिका थिइन् । रेखाले जति नै काम गरेर देखाउनुपर्ने चुनौति शिल्पा सामू छ भने लंकामा शिल्पालाई लिनु आफैंमा चुनौति हो ।

किनभने उनले भन्दा शिल्पाले लंका चलचित्रबाट राम्रो प्रशंसा पाए रेखाको साख घट्न सक्नेछ । त्यसमाथि निर्देशक श्याम भट्टराई र निर्माता छविसँग समेत रेखाको व्यक्तिगत इगो भएका कारण हिम्मतवाली रेखाका लागि यो प्रोजेक्ट अझ सशक्त चुनौतिपूर्ण हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget