news and more entertainment

पारस नेपाल आए पनि हिमानी ले आफु संग बस्न नदिने , पूर्व राजा ज्ञानेन्द्र ले पारस लाइ निर्मल निबास प्रबेस नै गर्न नदिने

निर्मल निवास छिर्न क–कसलाई लगाइयो रोक ?

काठमाडौं,साउन१२– पुर्वराजा ज्ञानेन्दैले पारसका नाममा चाकडी,चाप्लुसी बजाउने र उनलाई उक्साउनेहरुको लिष्ट तयार पार्दै तिनीहरुलाई निर्मल निवास वरीपरी आउन निषेध गरेको समाचार छ । पारसका साथी राजु सिंह उनलाई निकै बैंकक गएका बेला यता निर्मल निवासमा भने उनीसहित पारसका आसेपासे,साथीभाई र चाकडीबाजहरुको लिष्ट तयार पारिएको छ । 
हिमानीको सक्रियतामा पारसका कुलतका साथ र उनको आडमा राजनीति गर्न खोज्नेहरुको लिष्ट बनाइएको उच्च स्रोतले जनाएको छ । पुकार राणा,राजु सिंह,मीन बस्नेत लगायतका पारसका पुराना साथीहरुलाई अचेल राजकुमारी हिमानीले देख्न पनि चाहन्नन् । हिमानीविरुद्ध पारसलाई भड्काउनेमा समेत उनका आसेपासे लागेको निर्मल निवासको ठहर छ । स्रोतका अनुसार पारसले नेपाललाई नेपाल ल्याउन र उनको आडमा राजनीति गर्न खोज्नेहरुलाई समेत पुर्वराजाका साथै पारसकी पत्नी पुर्वराजकुमारी युवराज्ञी हिमानीले रुचाउन छाडेका छन् । पारसलाई पुर्वराजाका जन्मदिन असार २३ गते मै नेपाल ल्याउनका लागि किशोरी महतो,जगत गौचन लगायतका राजावादीहरुले प्रयास गरेका थिए । तर त्यतिवेला पनि पुर्वराजा र हिमानीको कारण उनीहरुको प्रयास असफल भएको थियो । त्यही समुह अहिले पारसलाई नेपाल ल्याउन लागिपरेको छ । यी व्यक्तिहरुलाई निर्मल निवासमा निषेध गरिएको स्रोतले बतायो ।
हिमानी अब कुनै पनि हालतमा पारससँग अब संगै बस्न नसक्ने अबस्थामा पुगेकी छन् । उनले आफु निकटस्थ साथीसँगी र हिमानी ट्रष्टका पदाधिकारीहरुलाई पनि यो कुरा जानकारी गराइसकेकी छन् । आफुमाथि पारसले शारीरिक र मानसिक यातना दिने गरेको हिमानीले बताएकी छन् । ‘उनी पारससँग कानूनी रुपमै सम्बन्ध बिच्छेद गर्न चाहन्छिन् तर पुर्वराजा ज्ञानेन्द्रको अबस्था र पुर्वराजपरिवारको प्रतिष्ठाका लागि मात्र उनी चुप छिन्,’ हिमानीका एक निकटस्थले भने ।पारस नेपाल आएपछि हिमानी पारसँग सँगै नबस्ने स्रोतले जनाएको छ । उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको पाँच वर्ष पुगिसकेको छ । ‘पाँच वर्षसम्म त उसलाई म चाहिएन भने अब किन सँगै बस्ने’ हिमानीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । आजको साँघु साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget